मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
इलाम | बैशाख १५, २०८१
इलाम २ मा मतगणनामा ढिलाइ हुने देखिएको छ । यसअघि शनिबार राति करिब १०-११ बजेपछि मतगणना शुरू हुनसक्ने सम्भावना रहेकोमा अब त्यो पछि सर्ने देखिएको छ ।
मतगणनाअघि सर्वदलीय बैठक बस्ने कुरा थियो । यसमा नेकपा (एमाले)ले असहमति जनाइरहेको छ ।
एमालेका लागि इलामका चुनावी कमाण्डर कृष्ण काफ्लेले आइतबारदेखि मात्रै मतगणना गर्न आफूहरूले चाहिरहेको लोकान्तरलाई बताए ।
यद्यपि, इलामका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले भने शनिबार रातिदेखि नै मतगणना गर्ने बताइरहेका छन् । अर्कोतिर सुरक्षा अधिकारी भने राति २ बजे मात्रै सबैतिरको मतपेटिका सदरमुकाममा आइपुग्ने अवस्था रहेको बताउँछन् । मतगणना शुरू गर्नुअघि सर्वदलीय बैठक पनि बस्नुपर्ने हुन्छ । यस्तोमा राति नै मतगणना शुरू हुनेमा आफू विश्वस्त नरहेको ती सुरक्षा अधिकारीले लोकान्तरलाई बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपेटिका संकलन गर्ने काम भने अहिले भइरहेको छ ।
शनिवार साँझ ५ बजे सम्पन्न इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।
एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान गर्नेमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र २ जना अन्य छन् । महिलाको तुलनामा मतदान गर्ने पुरुषको संख्या ९८५ जना बढी छ ।
प्रतिनिधिसभातर्फको यो उपनिर्वाचनमा यो क्षेत्रमा १९ उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...