×

NMB BANK
NIC ASIA

नेप्से ३९ अंकले घट्यो, लाभांश घोषणापछि जीवन विकासमा झुम्मिए लगानीकर्ता

फागुन ८, २०७८

NTC
Premier Steels

साताको पहिलो दिन आइतवार शेयर बजार मापक परिसूचक नेप्से ३९.४० अंकले घटेको छ । 

Muktinath Bank

नेप्से आइतवार १.४४ प्रतिशतले घट्दा बजार २६९३.१० बिन्दुमा ओर्लिएको हो । बजार घटेको भए पनि युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसका लगानीकर्ताले आइतवार १० प्रतिशतले कमाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बजार घटेको दिन तनहुँ पावर, सामलिङ पावर, नेपाल फाइनान्स, जीवन विकास लघुवित्त वित्तीय संस्थासहितका लगानीकर्ताले कमाए ।


Advertisment
Nabil box
Kumari

जीवन विकासले ७३.६८ प्रतिशत बोनस दिने भएपछि लगानीकर्ता यसको शेयरमा झुम्मिएका छन् । यसको आज एक लाख ११ हजार ३४४ कित्ता शेयरको ४ हजार ७४० पटक कारोबार भएको छ । 

Vianet communication

यसबाट ५८ करोड रूपैयाँको शेयर कारोबार भएको छ । जीवन विकासको सबै भन्दा बढी पटक कारोबार हुने र सबैभन्दा बढी रकमको कारोबार आइतवार भएको छ ।

बजार घटेको दिन नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इस्योरेन्स कम्पनी, रुरु जलविद्युत, प्रिमियर इन्स्योरेन्सहितका कम्पनीले भने ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

सबैभन्दा बढी कित्ता शेयर कारोबार गर्नेमा भने अपि पावर कम्पनी परेको छ । यसको ३ लाख २१ हजार ८३० कित्ता शेयरको कारोबार भएको छ ।

आइतवार बजारमा २३० कम्पनीको ७१ लाख २२ हजार कित्ता शेयरको ५७ हजार पटक कारोबार भएको छ । यसबाट चार अर्ब आठ करोड रूपैयाँको कारोबार भने आइतवार भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x