×

NMB BANK
NIC ASIA

ला लिगा- औवामियाङको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

फागुन ९, २०७८

NTC
Premier Steels

पिएरे इमरिक औवामियाङले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा शानदार जित निकालेको छ । 

Muktinath Bank

आइतवार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ४–१ गोलले हरायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बार्सिलोनाको जितमा औवामियाङले ह्याट्रिकसँगै अर्को गोल फ्रान्की डि जोङले गरे । भ्यालेन्सियाका कार्लाेस सोलेरले एक गोल फर्काए । २३औँ मिनेटमा औवामियाङले जोर्डी अल्वाको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । ३२औं मिनेटमा फ्रान्की डि जोङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।


Advertisment
Nabil box
Kumari

३८औं मिनेटमा औवामियाङले गाभीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता थप बलियो बनाए । ५२औं मिनेटमा सोलेरले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे । तर ६३औं मिनेटमा औवामियाङले पेड्रीको पासमा ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकालेको थियो । ६४ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले खेलभर घरेलु टोलीलाई दबाबमा राख्यो । औवामियाङ ‘म्यान अफ दि म्याच’ भए ।

Vianet communication

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलबाट ४२ अंक बनाएको छ । समान ४२ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ । पराजित भ्यालेन्सिया ३० अंक सहित १२औं स्थानमा छ ।

आइतवार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानको सेभिया स्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको सेभियाले शुरुआती गोल गरे पनि जोगाउन सकेन । राफा मिरले ३६औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाए ।

स्पान्योलका सर्गी डारडेरले ५०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । मिनेटमा जुलेस कोउनडे रातो कार्ड पाउँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो । स्पान्योलले त्यसको फाइदा उठाउन भने सकेन ।

बराबरीसँगै दोस्रो स्थानमा यथावत् रहेको सेभियाको २५ खेलबाट ५१ अंक छ । सेभिया शीर्ष टोली रियल म्याड्रिडभन्दा ६ अंकले पछाडि छ । रियलको ५७ अंक छ । २९ अंक बनाएको स्पान्योल १४औं स्थानमा छ । 

अर्को खेलमा रियल बेटिसले मालोर्कालाई २–१ गोलले हरायो । जितसँगै तेस्रो स्थानमा रहेको बेटिसको २५ खेलबाट ४६ अंक पुगेको छ । पराजित मालोर्का २६ अंक सहित १६औं स्थानमा छ ।

घरेलु मैदानमा एथलेटिक बिल्बाओले रियल सोसिडाडलाई ४–० गोलले पराजित गरेको छ । जितसँगै ३७ अंक बनाएको बिल्बाओ आठौं स्थानमा छ । पराजित सोसिडाड ३८ अंक सहित सातौं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने व्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रूपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x