×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री देउवाको भित्री रणनीति : केपी ओलीलाई देखाउने, प्रचण्ड र नेपाललाई गलाउने !

फागुन १४, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ ।

Muktinath Bank

विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गलाउन खोजेको देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री देउवाको दल एमसीसीको पक्षमा एकजुट छ तर सत्तारूढ गठबन्धनका अन्य दलहरू एमसीसी सम्झौताको विपक्षीमा देखिएपछि प्रधानमन्त्री देउवाले सो दल र तिनका नेताहरूलाई एमसीसीको पक्षमा पार्न प्रमुख प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष ओलीसँग निकटता देखाउन थालेका हुन् ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री देउवाले ओलीसँग सामीप्यता देखाएको जस्तो गरे पनि उनको भित्री चाहना भने सत्तारूढ गठबन्धनमार्फत नै एमसीसीमा सहमति खोजेर निकास निकाल्न सकियोस् भन्नेमा नै रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

Vianet communication

प्रधानमन्त्री शेरबहादुर देउवाले सोही रणनीतिअनुसार नै ३ दिनदेखि ओलीसँग निरन्तर छलफल गर्दै आइरहेका छन् । ओलीसँग सामीप्यता देखाएर प्रचण्ड र नेपाललाई तर्साउने र गलाउने रणनीति उनले अख्तियार गरिरहेको बताइएको छ । गत २ दिनको बीचमा देउवाले ओलीसँग २ पटक ‘वान टु वान’ वार्ता गरिसकेका छन् भने आपूmनिकट नेताहरूसहित एमालेका अध्यक्ष ओलीसहित अन्य नेतासँग पनि ३ पटकसम्म छलफल गरिसकेका छन् ।

३ पटकसम्म छलफल गर्दा पनि उनीहरूबीच कुनै सहमति भने जुट्न सकेको छैन । यही २ दिनको बीचमा देउवाले सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपाललाई पनि लगातार भेट्दै आइरहेका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष ओली सत्तागठबन्धन भत्काउने दाउमा छन् । त्यसैले पनि उनले एमसीसीमा आवश्यक सहयोग गर्न सकिने आश्वासन देउवालाई दिएका छन् । त्यसका लागि ओलीले संसद्मा आपूmहरूका लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग गर्दै आइरहेका छन् । उनले माग गरेको उपयुक्त वातावरण भनेको सभामुखको राजीनामा वा उनीमाथि महाअभियोग लगाएर हटाउनु हो ।

यसैगरी ओलीले समाजवादीका १४ सांसदलाई हटाउनुपर्ने शर्त राखेका छन् । ओलीका यी शर्त पूरा गर्न देउवालाई निकै कठिन भएकाले उनी गठबन्धनलाई नै फकाएर वा गलाएर एमसीसी पारित गराउने सुरमा रहेको स्रोतको भनाइ छ ।

शुक्रवार गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रमुख नेताहरू एमसीसीप्रति केही सकारात्मक देखिएका छन् ।

सत्ताको प्रमुख दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति भएमा आपूmहरूको राजनीतिक अस्तित्व सकिने भयले उनीहरू त्यसलाई रोक्न एमसीसीमा सहमतिनजिक पुग्न थालेको स्रोतको दाबी छ । देउवाले लगातार ओलीलाई भेट्न थालेपछि प्रचण्ड नेपाल दुवै जना आत्तिन थालेका छन् र देउवा ओलीको नयाँ गठबन्धन बन्न नदिन उनीहरूले एमसीसी पास गराउने कार्यमा समेत वैकल्पिक उपायको खोजी गर्न थालेका छन् ।

स्रोतका अनुसार प्रचण्ड र नेपाल दुवैले देउवालाई एमसीसी सदनबाट पारित गराउन आपूmहरूले अदृश्य भूमिका खेल्ने र सो भूमिका सफल हुने भन्दै देउवालाई आश्वस्त पारेका छन् ।

यद्यपि देउवा उनीहरूसँग आश्वस्त हुन सकिरहेका छैनन् । त्यसैले देउवाले प्रचण्ड र नेपाललाई गलाउन अझै ओली र एमाले नेताहरूलाई भेट्ने शृंखलालाई जारी राख्ने बताइएको छ । एमालेले भने देउवाको रणनीतिलाई राम्रैसँग बुझेकाले निकै चनासो र सतर्कताका साथ उनीसँगको भेटघाटलाई निरन्तरता दिइएको एमाले स्रोतले जनाएको छ ।

सायद यसै कारण हुन सक्छ एमाले अध्यक्ष ओलीले शुक्रबार पोखरामा भएको एक कार्यक्रममा एमाले कसैलाई चाहिँदा आवश्यक पर्ने खुत्रेको जस्तो पार्टी नभएकाले कोही पनि कुनै भ्रममा नपर्न सचेत पारेका थिए । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x