×

NIC ASIA

उहिलेका कुरा

कपाल काटेर १०० मन धान भित्र्याउने अक्षलाल

फागुन १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

मोरङको विराटनगरका अक्षलाल ठाकुर अहिले ७८ वर्षका भए । अहिले पनि उनको जोसजाँगर २२–२५ वर्षका युवाको जस्तै छ ।

Muktinath Bank

१०–११ वर्षको उमेरदेखि कपाल काट्न थालेका ठाकुर अहिले पनि कहिलेकाहीँ कपाल काट्ने काम नै गर्ने गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उमेर छिप्पिँदै गएपछि पहिला गरेको काम पनि डर लाग्ने गरेको उनी बताउँछन् । ‘पुराना साथीहरू भेट्दा कपाल काटौं काटौं लाग्छ तर छोराले गाली गर्ने गरेका कारण छाडेको हुँ,’ अक्षलालले भने ।


Advertisment
Nabil box
Kumari

केही काम नगरी दिन काट्न समस्या भएपछि गाई पालेर त्यसकै स्याहार गरेर उनले दिन बिताउने गरेका छन् । नाति–नातिनाको माया तथा शुद्ध दूध खुवाउने उद्देश्यले गाई पालेको उनले बताए ।

Vianet communication

‘१ रुपैयाँमा ४ किलो दूध बेच्थ्यौं, अहिले १ किलोलाई झण्डै सय रुपैयाँ पर्छ,’ उनले भने, ‘गाई पालेर शुद्ध र ताजा दूध पनि खान पाइयो, मलाई दिन कटाउने माध्यम पनि बनेको छ ।’

विराटनगरमा कपाल काट्ने पहिलो आफ्नो परिवार नै भएको उनको दाबी छ । उनका ४ पुस्ताले विराटनगरमा कपाल काटेको छ । हजुरबुवा, बुवा र उनका छोराले एउटै पेशा अँगालेका छन् ।

कपाल काटेर वार्षिक १०० मन धान संकलन

अक्षलालका १ दाजु र १ भाइ छन् । अक्षलालका बुवा पनि विराटनगरमै जन्मेका हुन् । अहिले बसोबास गरिरहेको घर अक्षलालले जान्दा जंगलको छेउमा थियो । अहिले जस्तो जतासुकै घर थिएनन् ।

आफ्नो परिवार विराटनगरको पहिलो ठाकुर भएको उनको दाबी छ, ठाकुर भएकाले कपाल काट्ने मुख्य पेशा हो । ‘त्यो समयमा अहिले जस्ता कपाल काट्ने शैलुनहरू थिएनन् । घरघरमा गएर कपाल काट्ने गरिन्थ्यो,’ उनले भने, ‘बुवा, दाजुभाइसहित चारै जना घरघरमा गएर कपाल काटिदिन्थे । कपाल काटिसक्दा पैसा तिर्ने चलन त्यतिबेला थिएन, कपाल काटेबापत ६ महिना तथा वर्ष दिनमा अन्न ल्याउने गरेका थिए । त्यसरी अन्न लिएर काम गर्ने चलनलाई बालीघरे प्रथा भन्ने गरिन्थ्यो । साहु महाजनको घरमा गएर कपाल काट्ने गरेका थिए ।’

बालबालिकाको कपाल काट्दा वर्षमा १ मनसम्म र ठूलाको कपाल काट्दा त्योभन्दा बढी धान दिने गरिएको उनी बताउँछन् । १ मन बराबर ४० किलोग्राम हुन्छ । १०० घरभन्दा बढी साहुको घरमा गएर कपाल काट्ने गरेको उनले बताए ।

‘साहु महाजनले धान काट्दा पनि बोलाउँथे र बिटा लगाउँदा बर्षभरि काम गरेकोमा बोक्न सक्ने गरी धान दिन्थे,’ उनले भने । एक साहुको घरबाट २ मनसम्म धान बोकेर घर ल्याउने गरेको उनले बताए । त्यसबेला सबैतिरको बाली उठाइसक्दा साहु महाजनको घरमा भन्दा बढी अन्न भित्र्याउन सकिने उनले स्मरण गरे ।

एउटा टोलमा ८–१० दिनमा पुगेर कपाल–दाह्री काट्ने चलन थियो । ‘टोलमा हजाम आएको छ’ भन्दै खुशी हुँदै आउने गरेका उनले बताए । ‘हजुरबुवाले भारतबाट कैची ल्याइदिनुभएको थियो,’ उनले भने, ‘कैची छुरा बोकेर बुवाहरू कपाल काट्न जानुहुन्थ्यो ।’

त्यतिबेला घरमा कपाल काट्न आउनेलाई दूध, दही, मही, घ्यू र अचारसहित ज्वाइँ खाना खुवाउने गरिएको उनले बताए । घरका ४ जनाले मात्रै कपाल काट्न नभ्याएपछि भारतबाट केही हजामहरू ल्याएर तलब दिएर हजुरबुवाले राखेका अक्षेलालले सम्झिए । ‘हजुरबुवाले दैनिक ज्यालादारीमा काम लगाउने गरेका थिए । दैनिक ५० पैसा दिएर काम लगाउने गरिएको थियो,’ उनले भने ।

गाउँघरबाट अन्नबाली अक्षलालका परिवारले उठाउने गरेका थिए । बुवा–बाजेदेखि गर्दै आएको पेशा उनका छोराले गर्दै आएका छन् । छोराले शैलुन खोलेर कपाल काट्ने गरेका छन् ।

दाइजो प्रथा विरोधी अक्षलाल

अक्षलाल १३ वर्षको हुँदा विवाह भएको थियो । ‘मेरो विवाह भएको समयमा मधेशी जातभित्र दाइजो प्रथा थिएन,’ उनले भने, ‘माइती पक्षले सुनचाँदीका गरगहना दिने चलन थियो ।’

समय परिवर्तन हुँदै जाँदा दाइजोको चलन आएको उनी बताउँछन् । ‘छोराको विवाहमा ससुरालीले मोटरसाइकल लगायतका अन्य दाइजो दिने बताएका थिए । मैले छोरालाई बुहारी मात्रै चाहिएको हो भनेर भन्न लगाएँ,’ उनले भने ।

उनले छोरीको विवाहमा पनि दाइजो नदिएको बताए । छोरीहरू माग्न आउनेलाई पनि छोरी मात्रै दिने दाइजो नदिने भनेर पठाएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x