×

NMB BANK
NIC ASIA

सभामुख सापकोटालाई घुँडा टेकाउने कुरा नसोच्न ओलीलाई नेपालको चेतावनी

फागुन १७, २०७८

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटालाई घुँडा टेकाउने कुरा नसोच्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । 

Muktinath Bank

मंगलवार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले भने, ‘सभामुखको पक्षमा हामी दृढताका साथ उभिन्छौं । सभामुखले राजीनामा दिने, खुरुक्क समर्पण गर्ने, घुँडा टेक्ने केपी ओलीसामु ? नचिताए हुन्छ । हामी उहाँको पक्षमा दृढताका साथ उभिन्छौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटाले असंवैधानिक काम गरेकाले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । 


Advertisment
Nabil box
Kumari

सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको नेपालको दाबी छ । ‘जुन सभामुखले संसदको गरिमाको रक्षा गरिरहनुभएको छ । जसले सांसदहरूको अधिकारको रक्षा गर्नुभएको छ । उसमाथि धारे हात लगाउने ? आरोप लगाउने ? त्यस्तो दुष्चेष्टा गर्ने ? अपमानपूर्ण व्यवहार गर्ने ? सभामुखको गरिमाको रक्षा नगर्ने ? केपी ओलीको यो प्रवृत्ति अत्यन्तै असभ्य र गलत छ,’ नेपालले भने ।

Vianet communication

अर्को प्रसङ्गमा नेपालले आगामी दिनमा अन्तर्राष्ट्रिय सन्धिसम्झौता गर्दा विशेष ध्यान पुर्‍याउनुपर्ने बताएका छन् । सरकार तथा मन्त्रालयका नेतृत्वकर्ताले देशप्रेमी, विषयवस्तुको ज्ञान भएको र अनुभवीहरूलाई सन्धिसम्झौता गर्ने काममा खटाउँदा समस्या नआउने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x