०७ असार २०८३, आइतबार

पशुपतिनाथ मन्दिरमा सकियो ४ प्रहरको पूजा

फागुन १८, २०७८
पशुपतिनाथ मन्दिरमा सकियो ४ प्रहरको पूजा

साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मंगलवार बेलुकीको यो दृश्य बुधवार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।

मंगलवार बेलुकी सूर्यास्तपछि शुरू भएको महाशिवरात्रिको ४ प्रहरको पूजाआज बुधवार बिहान ५ः१० बजे सकिएको मन्दिरभित्र कार्यरत कोषका वरिष्ठ सहायक वरुण खतिवडाले जानकारी दिए ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा मंगलवारदेखि शुरू भएको भक्तजनको भीड बुधवार बिहानसम्म पनि कायम रहेको थियो ।

बुधवार बिहान ६ बजेपछि भने पशुपति क्षेत्रमा केही मात्रामा भक्तजन घटेको कोषले जनाएको छ ।

राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लाइनमा बसेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर ४ प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्