×

NMB BANK
NIC ASIA

माओवादीमा फरक मत राख्ने बढे, त्रास देखाएर फकाउँदैछन् प्रचण्ड

फागुन २१, २०७८

NTC
फाइल फोटो
Premier Steels

एमसीसी राष्ट्रहितविपरीत भन्दै माओवादी केन्द्रको शुक्रवारको बैठकमा फरक मत राख्ने नेताहरूको संख्या बढेको छ ।

Muktinath Bank

यसअघि पूर्व एकता केन्द्र मसाल समूहले मात्रै विरोध गर्दै आएकोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर पूर्व सभामुख कृष्णबहादुर महरा र प्रमुख सचेतक देव गुरुङले पनि फरक मत राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले एकल निर्णय गरेर पार्टीलाई एमसीसी अनुमोदनका पक्षमा उभ्याएको भन्दै पूर्व एकता केन्द्र मसाल समूहका नारायणकाजी श्रेष्ठसहित नेताहरूले विरोध जनाउँदै आएका थिए । प्रचण्डले श्रेष्ठलाई ‘पार्टी छोडेर जान’ भनेपछि पार्टीमा विवाद बढेको थियो ।


Advertisment
Nabil box
Kumari

विवादबीच शुक्रवारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रचण्ड पक्षधर नेताहरूले पनि लिखित रूपमै फरक मत राखेका हुन् ।

Vianet communication

एमसीसीको विपक्षमा पार्टीभित्र जनमत बढ्दै गएपछि अध्यक्ष प्रचण्ड भने नेताहरू फकाउनतिर लागेका छन् । प्रचण्डले संसद्बाट एमसीसी अनुमोदन गर्नुपर्ने स्थिति पार्टीका लागि रहर नभई बाध्यता भएको तर्क गर्दै आएका छन् ।

केन्द्रीय कमिटी बैठकमा प्रचण्डले भने, ‘एमसीसी पारित नभएको भए माओवादी केन्द्र धुलोपिठो हुन्थ्यो । कांग्रेससँग मिलेर एमालेले हामीलाई कर्नरमा पुर्‍याउने र सभामुखविरुद्ध महाअभियोग लगाउने काम हुन्थ्यो ।’ गठबन्धन जोगाउन व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेर निकास निकालिएको भन्दै उनले कार्यकर्तालाई थुम्थुम्याउन खोजेका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डको भनाइप्रति नेता नारायणकाजी श्रेष्ठले आत्मसमर्पणवादी भन्दै कडा टिप्पणी गरे । पार्टीका नेता कृष्णबहादुर महरा, नेता श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेलले एमसीसी पारित देश हितविपरीत रहेको भन्दै विरोध गर्दै आएका छन् ।

यी नेताका समर्थकले एमसीसीको विपक्षमा देखाएको विचारले फरक मत राख्नेको संख्या बढेको देखिएको छ । नेता महरा, पोखरेल र गुरुङले एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई लिखित रूपमै पेश गरेको केन्द्रीय सदस्य सुदन किराँतीले बताए ।

‘अध्यक्षले एमसीसी सम्झौता रामबाण पनि होइन, फेरि कागजको खोस्टो पनि होइन । व्याख्यात्मक टिप्पणी संसद्बाट पारित भयो। योे कानुनसरह नै हो । यो उपलब्धिलाई सानो मान्नु हुँदैन,’ बैठकमा प्रचण्डले कार्यकर्तालाई फकाएकोबारे जानकारी दिँदै किराँतीले भने, ‘तर नारायणकाजी श्रेष्ठ प्रकाशले एमसीसी राष्ट्रघाती नै हो भन्नुभयो । संशोधनको कुनै चर्चा नगरिकनै पारित भयो। यो आत्मसमर्पणवादी प्रवृत्ति नै हो । सडक आन्दोलनबाटै एमसीसी विस्थापन गर्नुपर्छ ।’ 

 प्रचण्डले विभिन्न घटना क्रमलाई देखाउँदै भावनात्मक कुरा गरेर एमसीसी पारितको विषयमा मोड्न खोजेको एक नेताले बताए । एमसीसी पारित नभएको भए आफू विरुद्धका मुद्दाहरू ब्युँतिने खतरा रहेको उनको भनाइ छ ।

‘एमसीसी अनुमोदन नगरेको भए सशस्त्र जनयुद्धका बेला लागेका मुद्दाहरू ब्युँतिने खतरा थियो,’ प्रचण्डले भनेका कुरा उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘शक्तिशाली राष्ट्र अमेरिकासँग लड्ने स्रोतसाधन हामीसँग छैन । नेपालको शान्ति प्रक्रियाको कार्यभार अझै पूरा भइसकेको पनि छैन । यस्तो बेला एमसीसीलाई अस्वीकार गर्दा हामीमाथि लगाइएका मुद्दाहरू ब्युँतिने खतरा थियो ।’

एमसीसी अनुमोदन नगरेको भए अमेरिकाले माओवादीलाई धुलोपिठो बनाउने प्रचण्डले बैठकमा सुनाएका थिए । ‘मैमाथि १८–१९ मुद्दा छन् । अन्य कमरेडविरुद्ध पनि मुद्दा छन् । एमसीसी अनुमोदन नगरेको स्थितिमा तिनै मुद्दा ब्युँताएर हामीलाई धुलोपिठो बनाइन्थ्यो,’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने ।

प्रचण्डको अभिव्यक्तिलाई नारायणकाजी श्रेष्ठ समूहले ‘मनोवैज्ञानिक भ्रम’ फैलाएको आरोप लगाए । ‘प्रचण्डले एमसीसीको बचाऊ गर्न मनोवैज्ञानिक ट्रिट गर्नुभएको छ । उहाँले एमसीसी सम्झौतामा स्पष्ट धारणा सार्वजनिक गर्न सक्नुभएन,’ श्रेष्ठ समूहका एक नेताले भने ।

प्रचण्डले एमसीसीबारे झण्डै १ घण्टा ब्रिफिङ गरेका थिए । माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीमगरले एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक घोषणा सही भएको बताइन् । ‘एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक टिप्पणी सही छ । पार्टीको निर्णयलाई सबैले स्वीकार गर्नुपर्छ,’ उनले भनिन् ।

केन्द्रीय कमिटी सदस्य हिमाल शर्माका अनुसार एमसीसी विषयमा केन्द्रीय समिति बोलाएर बैठक नगरेको भन्दै नेता नारायणकाजी श्रेष्ठले कडा विरोध गरेका थिए । उनको प्रश्नमा अध्यक्ष प्रचण्डले जवाफ दिँदै भने, ‘पार्टीको बैठक बोलाएर एमसीसीमा छलफल गराएको भए स्थिति झन् खराब हुन्थ्यो । देशका निम्ति झनै घातक हुन्थ्यो ।’

‘पार्टी छोडेर जाने वा अर्को पार्टी बनाउने पक्षमा उहाँ हुनुहुन्न । पार्टी छोडेर जाने विषय प्रचण्ड र श्रेष्ठ दुवैले सोचेका छैनन्,’ शर्माले भने । उनका अनुसार पार्टीलाई अहिले थप एकताबद्ध र मजबुत बनाएर जाने दुवै जनाले निष्कर्ष निकाल्नुभयो तर बहस जारी छ ।

बैठकमा प्रचण्डले बोलेका विषय उल्लेख गर्दै केन्द्रीय कमिटी सदस्य शर्माले भने, ‘कांग्रेस र एमालेले जस्ताको त्यस्तै एमसीसी पास गर्न खोजेका थिए । कम्तीमा हामीले व्याख्यात्मक घोषणा गराउन सफल भयौं।’ नेपालले पनि बोल्ने ठाउँ सुरक्षित बनाएको र राष्ट्रहितको निम्ति व्याख्यात्मक टिप्पणी बाटो बनेको भनी प्रचण्डले बोलेको पनि उनले जानकारी दिए ।

नेता देव गुरुङले तत्कालका लागि समझदारीको बाटो खोजेर एमसीसी पारित भएपछि चुनौती अझै रहेको बताए । ‘चुनावसम्म गठबन्धनकै प्रक्रियामा अघि बढ्नुपर्छ । स्थानीय तहको निर्वाचनमा होमिनुपर्छ भनेर अध्यक्षले जोडबल दिनुभएको छ,’ उनले भने ।

केन्द्रीय सदस्य रामकुमार शर्माले आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनसँगै चुनावमा जाने अध्यक्षले बताएको उल्लेख गरे । ‘जुनजुन पार्टीले अहिले स्थानीय तहको नेतृत्वमा छन्, ती ठाउँ तिनै पार्टीलाई छोड्ने कुरो भएको छ,’ उनले भने, ‘एमालेले नेतृत्व गरेको ठाउँमा यसअघिको स्थानीय तहको चुनावमा दोस्रो श्रेणीमा मत ल्याएका पार्टीलाई ठाउँ दिने अध्यक्षले प्रस्ताव अघि सार्नुभयो ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x