×

NMB BANK
NIC ASIA

फोनपे र भिसाबीच सम्झौता, विदेशीलाई पनि सहजै नगदरहितको सुविधा

फागुन २७, २०७८

NTC
Premier Steels

फोन पे नेटवर्क र भिसाबीच सहकार्य भएको छ । दुवै नेटवर्कबीच नगदरहित भुक्तानी गर्ने गरी भएको सहकार्यले जो सुकै नागरिकले जहाँ पुगेर पनि भुक्तानी गर्न सकिने भएको छ । 

Muktinath Bank

यो सम्झौतापछि अब विदेशी नागरिकले सहजै फोनपेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौतासँगै अब भिसा नेटवर्कमा जोडिएका पर्यटकले नेपालमा क्यूआर कोडबाट वित्तीय कारोबार गर्न पाउने छन् । फोनपे नेटवर्कले भिसासँगको सहकार्यमा क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा सेवा दिइने भएको छ ।


Advertisment
Nabil box
Kumari

यो सेवा लिन भिसा इनेबल भएको बैंकिङ एप आवश्यक पर्ने जनाइएको छ । भिसा नेटवर्कको एमभिसा एप प्रयोग गरेर भुक्तानी गर्न सकिने फोन पेका सहायक सीईओ दिवस पोखरेलले बताए ।

Vianet communication

नेपाली बैंकहरूको आफ्नो मोबाइल बैंकिङ एपमा भिसा इनेबल गरेर फोनपे नेटवर्कले सपोर्ट गर्ने बनाएपछि यस्तो सुविधा लिन सकिने भएको छ । फोनपेले यस्तो सेवा नबिल बैैंकबाट शुरू गरेको छ । 

यो सुविधासँगै भिसा नेटवर्क प्रयोगकर्ताले जोसुकैले गाउँदेखि शहरसम्म नै सेवा लिन सक्ने भएका छन् । स्मार्ट फोनको प्रयोग र क्युआर स्क्यान सहजै हुँदै गइरहेकोले पनि भिसासँगको सहकार्यमा भएको यो सेवा समग्र डिजिटल बैंकिङकै लागि कोशेढुं्गा हुने उल्लेख छ । 

कार्यक्रममा नबिल बैंकका सीईओ अनिल शाहले अब हरेक नेपालीको गोजीमा पैसा आउने माध्यम नै भिसा भएको बताए । फोनपे भिसाको सहकार्यले गाउँगाउँ पुगेर कारोबार गर्न सकिने भएको छ । यसले नगद र कार्ड बोक्नुपर्ने झन्झटलाई पनि मुक्ति दिएको शाहले बताए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले फोन पे र भिसा नेटवर्कबीचको एकीकृत सेवाले डिजिटल सेवालाई प्रवद्र्धन गर्ने बताए । उनले भने ‘अहिले क्युआरमा आधारित भुक्तानी प्रणालीमा नयाँ प्रविधि र सेवाले डिजिटल अर्थतन्त्रलाई नै बढावा दिने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x