×

NMB BANK
NIC ASIA

पुनर्निर्माणपछि यस्तो आकर्षक बन्यो लैनचौर मैदान

फागुन २७, २०७८

NTC
Premier Steels

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ ।

Muktinath Bank

विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं महानगरपालिका वडा नं. २६ लाई एक समारोहबीच हस्तान्तरण गरिएको यो मैदान आमनागरिकका लागि खुला गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो परियोजना पूर्ण रूपमा वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नत्ति गरिएको हो । 


Advertisment
Nabil box
Kumari

नवनिर्मित यस बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा गत शनिवार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको पनि आयोजना गरिएको थियो । 

Vianet communication

५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् । 

स्थानीय समुदाय र वडा नं. २६ को अनुरोधअनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ ।

मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानीमात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि पनि उचित व्यवस्था गरिएको एनसेलले जनाएको छ । 

मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ बीच गत वर्ष सम्झौता भएको थियो । 

'एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । हाम्रो यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं,' एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने । 

काठमाडौं महानगरपालिका-२६ का अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए । 'एनसेलको सहयोगमा हामीले यस किसिमको पहिलो बहुपयोगी खेल मैदान बनाएका छौं । एस्ट्रोटर्फ बिच्छ्याई बनाइएको आधुनिक मिनी फुटबल मैदानमा जुनसुकै मौसममा खेल खेल्न सकिन्छ र यसको मर्मत पनि निकै सजिलो छ,' उनी भन्छन्, 'यो मैदान हाम्रो समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुला ठाउँको संरक्षणमा ठूलो योगदान पुर्‍याएको छ ।'

जनवाचनालय र पुस्तकालय, लैनचौर युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय रामबहादुर रजक (रम्बा)ले मैदानको पुनर्निर्माण तथा उद्घाटनपछि उत्साह व्यक्त गर्दै भने, 'पहिलेको धुले मैदान अब विभिन्न खेल खेल्न सकिने बहुद्देश्यीय मैदानको रूपमा परिवर्तित भएको छ । यहाँ मानिसहरु बिहान मर्निङ वाक गर्न सक्छन् । स्थानीय क्लबका युवा तथा नजिकका स्कुल/कलेजका विद्यार्थीले खेल खेल्न सक्छन् । यस्तो मैदानले खेलको विकास तथा सफा र सुन्दर सहरको विकासमा टेवा पुर्‍याउँछ । यसका लागि हामी एनसेलप्रति आभारी छौं ।” 

जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको छ । औद्योगिक व्यवसाय नियमावली, २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई प्रमुख क्षेत्रको रूपमा राखेको छ । 

एनसेलले आफ्नो सामाजिक पहलअन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १.४२ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्‍याएको एनसेलले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x