×

NMB BANK
NIC ASIA

समाजसेवा

किसानका सारथि यज्ञ गैरे : नहर सुधारदेखि व्यावसायिक खेतीसम्मका अगुवा

फागुन २८, २०७८

NTC
Premier Steels

स्रोह–छत्तीस सिँचाइ प्रणाली रुपन्देहीको मात्र होइन, पश्चिम नेपालको महत्त्वपूर्ण सिँचाइ आयोजना हो । यो सिँचाइ प्रणाली किसानको बाहुबलमा आधारित छ ।

Muktinath Bank

किसानको बाहुबलमा आधारित यो सिँचाइलाई दक्षिण एसियाकै महत्त्वपूर्ण मानिन्छ । भनिन्छ राणाकालीन समयबाट शुरू भएको यो सिँचाइ प्रणालीलाई राणा शासकहरूले पनि स्वायत्त छाडेका थिए अर्थात् राणाहरूले पनि यो सिँचाइलाई आफ्नो अनुकूल चलाउन चाहेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किसानको एकताको बलमा चलेको यो सिँचाइ प्रणालीबाट तिलोत्तमा नगरपालिकाको ५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।


Advertisment
Nabil box
Kumari

किसानको श्रममा आधारित सिँचाइ प्रणालीको इतिहास निकै पुरानो छ । यो सिँचाइ प्रणालीसँग तिलोत्तमाका हरेक किसान परिचित त हुने नै भए, प्रायः सबैले सिँचाइ सुविधाका लागि श्रम गर्दै आएका छन् ।

Vianet communication

किसानले तिनाउ नदीबाट स्याउला, ढुंगा, बालुवाका बोराले छेकेर पानी नहरमा ल्याउँथे तर किसानले काम सक्न नपाउँदै पानीको बहावले त्यो बाँध भत्काउँथ्यो । वर्षायाममा त किसानको बास नै मुहान र नहरमा बित्थ्यो । 

स्थानीय किसानले शुरूबाटै भोग्दै आएको नियति हो यो तर परिस्थिति सधै यस्तै कहाँ रहन्थ्यो र ? पछिल्ला केही वर्षयता किसानले कैयौ वर्षदेखि भोग्दै आएको दुःख, पीडा, समस्याको लगभग अन्त्य भएको छ । सिँचाइ प्रणाली आधुनिक बन्दैछ । केही काम भएको छ, केही हुने क्रममा छ । सिँचाइलाई राज्यको नजरमा पारेर आधुनिकीकरणमा लैजाने किसानका अगुवा नेता हुन् यज्ञ गैरे ।

सिँचाइ प्रणालीसँग झण्डै २ दशकदेखि गैरे यो वा त्यो कोणबाट जोडिएका छन् । उनकै अगुवाइमा छत्तीस मौजा सिँचाइ प्रणाली पक्की बन्दै जाँदा किसानका दुःख हराउँदै गएका छन् । यससँगै स्रोह मौजा र चार तपाहा सिँचाइ प्रणाली पनि आधुनिक बन्दै गएका छन् ।

यज्ञ गैर राजनीतिज्ञ मात्र होइनन्, किसानका सहयात्री पनि हुन् । उनले हाल छत्तीस मौजा संयुक्त सिँचाइ प्रणालीको नेतृत्व सम्हालेका छन् । यो सिँचाइको नहर  १९०३ देखि १९४६ को बीचमा तत्कालीन राणा शासक जंगबहादुर राणाको पालामा बनेको हो । बुटवलको कन्याढुंगादेखि तिलोत्तमाको ठटेरियासँग जोडिएको एसियाकै पुरानो मध्येमा पर्ने १६ किलोमिटर लामो यो सिँचाइको नहर गैरेकै पहलमा व्यवस्थित बन्दै गएको छ । 

नेकपा एमाले रूपन्देहीको सचिव समेत रहेका गैर २०५९ सालदेखि राजनीतिसँगै कुलापानीसँग जोडिएका हुन् । 

आजभन्दा १५० वर्ष अगाडिसम्म यो क्षेत्र ठूलो कृषियोग्य भूमि थियो । त्यो बेला पनि सिँचाइको आवश्यक महसूस गरी राणाले नहर बनाउन लगाएका थिए । त्यो बेला अहिलेजस्तो शहर र सवारी थिएनन् । अहिलेको तिलोत्तमा नगर पूरै कृषि भूमिको ‘एक्का’ जस्तै थियो । राणा शासनकालमा त्यो बेलामा किसान छेदा थारुको पहलमा नहर बनेको दस्तावेज पाइन्छ । 

‘१० वर्षअघिसम्म वर्षायाममा किसानहरू त्रासमा हुन्थे,’ गैरे भन्छन्, ‘प्रत्येक किसान कुलाई गर्न वर्षमा ८०–९० दिन धाउनुपर्ने अवस्था थियो । हरेक हप्ता झारा लगाएर (घरका सबै) जानुपर्थ्यो । अहिले विभिन्न योजना र कार्यक्रमसहित कूलोलाई व्यवस्थित बनाइएको छ । कुलाई गर्न जानेका दुःख र झन्झट पूरै घटेका छन् ।’ अहिले हिउँद र वर्षायामा किसानलाई सिँचाइ गर्न सहज भएको छ । 

नहरबाट २० हजार किसान लाभान्वित भएका छन् । आदर्श राजनीतिसँगै किसानका समस्या समाधान गरी गैरे वास्तविक किसानका असल साथी बन्न पुगेका छन् । उतिबेला पानीको मूल नहर, शाखा र माइनरहरूमा पानी पुगे पनि खेत लेबलका अधिकांश संरचनाहरू ध्वस्त र बिग्रिएका थिए । जसले गर्दा खेतमा पानी पुग्न सकेको थिएन । यस्तो संरचनाहरूको मर्मत–सम्भारका लागि राज्यको ध्यान पुग्न सकेको थिएन ।

गुल्मीको चन्द्रकोट गाउँपालिका रुपाकोटमा जन्मिएका गैर उच्च शिक्षा अध्ययन गर्न रुपन्देही झरेका थिए । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा अध्ययनसँग यज्ञ एमाले निकट अनेरास्ववियूको राजनीतिमा लागे । २०४८ सालमा प्रविणता प्रमाणपत्र तहको पढाइ थालेका उनले २०५१ सालमा उत्तीर्ण गरी १ वर्ष बाग्लुङको देविस्थान माविमा पढाए । फेरि बुटवल झरेर स्ववियू सचिव हुँदै स्ववियू सभापति समेत बने । २०५५ सालमा एमाले विभाजन भएको बेलामा पनि उनी अखिलबाट स्ववियू सभापति जितेर अखिलको विद्यार्थीसँगै पार्टी राजीतिमा जोडिए । अखिलको अञ्चल सचिव बने ।

स्ववियू काउन्सिलको केन्द्रीय कोषाध्यक्षसम्म बने उनी । त्यसपछि अखिलको राजनीतबाट बिदा भएसँगै उनी २०५९ सालदेखि तिलोत्तमाको करहिया ४ नम्बरमा बस्न थाले । 

पार्टीको क्षेत्रीय कमिटीमा आबद्ध भएर पार्टी कामसँगै सिँचाइमा जोडिए उनी । २०६० सालमा छत्तीस मौजा सिँचाइ प्रणालीको आमसभामा पुगेका उनीले लेखापरीक्षणउपर टिप्पणी गरे । उनको टिप्पणी सहभागीहरूले मन पराएर ताली पिटे । त्यही बेला प्रणालीको सचिव पद रिक्त रहेछ । आमसभाले नै गैरेलाई सचिव बनायो । उनी आफैंमा समितिमा बस्ने कि नबस्ने भन्नेमा दोधारमा परे । आफू पनि वास्तविक किसान भएकाले नेतृत्वमा बसेर राम्रो काम गर्छु भन्ने दृढताका साथ काम गर्ने अठोट पनि लिए । 

संस्था व्यवस्थित थिएन । कर्मचारी भए पनि कार्यालयमा नियमित आउने सिस्टम थिएन । उनले कर्मचारीलाई अनिवार्य कार्यालयमा आउने बनाए । कूलोको सबै ‘फरमेट’ तयार गरे । २०६२/२०६३ को जनआन्दोलन चलिरहेको थियो । बुटवलमा गणतन्त्र प्राप्तका लागि आन्दोलन गर्न नेताहरूले कार्यकर्ता र नागरिक जुटाउन धौंधौं परेको थियो । त्यो बेला गैरेले कुटो, कोदालो, बाउसा, बेल्चासहित आम तिलोत्तमाका किसानलाई उठाएर बुटवल ल्याए । ट्राफिक चोकमा भएको किसानको प्रदर्शन सबैभन्दा ठूलो भएको गैरे दाबी गर्छन् । 

२०६४ सालको संविधानसभा निर्वाचनपछि अहिलेका एमाले उपाध्यक्ष विष्णु पौडेल जलस्रोत मन्त्री बनेका थिए । बजेट बनाउने अन्तिम तयारी थियो । नहरलाई व्यवस्थित गर्न गैरे सहितको टीमले योजनासहित पौडेललाई भेट्यो । आफ्नो गृहजिल्लाको योजना ल्याएर आएको टीमलाई पौडेलले सहयोग नगर्ने कुरै भएन । गैरले नहरको मुहान व्यवस्थित गर्ने कामको लागि योजना मागेका थिए ।

नहरका साँचा व्यवस्थित थिएनन्, पक्की साँचा बनाउनुपर्ने अवस्था थियो । जथाभावी नदी उत्खननले मुहान भरिन्थ्यो । मागिएअनुसार बजेट परेपछि धेरै कामहरू भए । इटिया कूलो (दोस्रो मुहान) निर्माणको लागि पनि बजेट आयो । 

गैरे २०६९ सालमा सिँचाई प्रणालीको अध्यक्ष बने । इटिया कुलोलाई व्यवस्थित गर्ने, कार्यालय भवन व्यवस्थित र पुनर्निर्माण गर्नेदेखि कूलो विगतदेखि वर्तमानसम्म भनेर स्मारिका छापेर नगरको दस्तावेजीकरण पनि गरे । त्यस क्षेत्रमा छाडा चौपायाले किसानका बालीनाली खाएर हैरानी बनाएका थिए । चौपाया व्यवस्थापन गर्न उनले गौशाला निर्माण गर्नुपर्ने अवधारणा अगाडि सारे । अहिले तिलोत्तमामा बनेको गौशालाको अवधारणा उनै गैरेले ल्याएका हुन् । 

फेरि विष्णु पौडेल अर्थमन्त्री बने । त्यो बेला तराई मधेश समृद्ध सिँचाइ कार्यक्रममा नहरको लागि बजेट पर्‍यो । नहरको सबै क्षेत्रलाई स्तरीय बनाउने गरी ४७ करोडको डीपीआर बन्यो, स्वीकृत पनि भयो । ३ प्याकेजमा नहरको काम अगाडि बढ्यो ।

मुहान व्यवस्थित, मूल नहरहरू व्यवस्थित र शाखा लाइनिङ गर्ने काम तय गरियो । त्यो बजेटले नहर धेरै राम्रो बन्यो । ५ वटा कल्भर्ट बने । मूल नहरहरू योगिकुटीदेखि हरैयासम्म सुध्रिए । कुलाहरू दुवैतिर ढलानसहित पक्की बने । 

‘किसानलाई धेरै हदसम्म कुलाईबाट मुक्त बनाएँ । अब किसानलाई उत्पादनसँग जोड्दैछु,’ गैरे भन्छन्, ‘अहिले अन्नबालीको उत्पादन गर्ने किसान घटेका छन् । आवासले केही क्षेत्र घटे पनि खेतीयोग्य जमिनमा किसानलाई व्यावसायिक बनाउन हरेक नागरिक उत्पादनसँग जोडिनुपर्छ ।’

हाल प्रदेश सरकार मातहतको ८ करोड बजेटले सोह्र मौजाको सुधारका कामहरू भइरहेका छन् । उनी भन्छन्, ‘अझै केही नहरहरू थप व्यवस्थित गर्न बाँकी छ । अहिले पनि फेरि २ करोड बजेट योजनाको लागि परेको छ ।’

बसाइसराई र तीव्र शहरीकरणले नहर अतिक्रमणको चपेटमा पनि छ । यसको रोकथाममा सबैको आँखा जानुपर्ने उनी बताउँछन् । नहरलाई ढल निकास बनाइँदा प्रदूषित भएको छ । बुटवल क्षेत्रको अस्पतालजन्य फोहोरदेखि प्लास्टिक सहितका फोहोर नहरमा फाल्दै किसानका खेतबारी प्रदूषित भएपछि योगिकुटीमा जाली लगाइएको छ । जसले गर्दा केही फोहोर खेतमा जानबाट रोकिए पनि पूर्ण नियन्त्रण हुन सकेको छैन ।

गैरले किसानलाई व्यावसायिक र जग्गा एकीकृत गरी उत्पादनसँग जोडेर लैजानुपर्ने बताए । किसानसँग गहिरो सम्बन्ध राखेका गैरे आउँदो स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयरका दाबेदार पनि हुन् । भन्छन्, ‘किसानसँग जोडिएकाले धेरै किसानले चिन्नुहुन्छ । किसानको खेतबारी धेरै डुलेको छु ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x