फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
चैत ३, २०७८
बैंकिङ प्रणालीमा लामो समयदेखि रहेको तरलता अभावको असर लघुवित्त वित्तीय संस्थाहरूमा पनि देखिन थालेको छ । चालू आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा यसको असर ग्रामीण क्षेत्रमा सेवा दिइरहेका (घ) वर्गका वित्तिय संस्थाहरूमा पर्न थालेको हो ।
तरलता अभावको असरले लघुवित्तलाई महंगो ब्याजमा बैंकहरूबाट सापटी लिनुपरेको, महंगो ब्याज तिर्दासमेत तोकिएको सीमाभन्दा बढी ग्राहकबाट लिन नपाइने सहितका कारण लघुवित्तको नाफामै असर पर्ने देखिएको छ ।
लघुवित्त वित्तीय संस्थाहरूले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशतभन्दा माथि पुर्याउन पाउँदैनन् । बैंकहरूको निक्षेपको ब्याजदर नै बढेर १२ प्रतिशतसम्म पुगिसकेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर माघमा ८.५३ प्रतिशत पुगेको छ । यस्तो दर अघिल्लो वर्ष २०७७ को माघमा ६.९७ प्रतिशत मात्रै थियो ।
लघुवित्तलाई वाणिज्य बैंकहरूले रकममा सम्बन्धित बैंकको आधार दरमा ६ प्रतिशतसम्मको प्रिमियम जोडेर सापटी दिएका छन् । यस्तो सापटी लिँदा लघुवित्तकै लागत १२ देखि १३ प्रतिशत औसतमा पुगिसकेको लघुवित्त संस्थाहरूले बताएका छन् ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लघुवित्तहरूलाई पनि आधार तर तोक्नुपर्ने र सोही अनुसार प्रिमियम लिन पाइने व्यवस्था नहुँदा समस्या परेको तर्क गर्छन् । शर्माले भने, ‘चालू आवको मौद्रिक नीतिले तय गर्ने व्यवस्था गरेको लघुवित्तको अधार दर तय नहुँदा लघुवित्तलाई तरलता अभावसँगै आफैं सर्भाइभ हुन समस्या परेको छ ।’
उनका अनुसार लघुवित्तहरूले ग्राहकबाट बढी ब्याज लिएको आरोप लाग्ने गरेको छ, तर राष्ट्र बैंकले तोकिदिएको १५ प्रतिशतमा सीमा भने कसैले पनि नाघेका छैनन् ।
तरलता अभाव लामो समयसम्म जाँदैन भन्ने अनुमानमा जसोतसो व्यवस्थापन मिलाएर चल्ने गरेको भएपनि लामो समयसम्म सहज नहुँदा लघुवित्त आफैंलाई अहिले महंगो ब्याजदर परिरहेको शर्माले बताए । बैंकहरूको बढ्दो ब्याजका कारण आफूहरू मारमा परेको उनको भनाइ छ ।
शर्माले भने, ‘तरलता अभावका कारण ऋणीले ऋण तिर्दा पुनः पाइँदैन भनेर भाका सार्दै जान्छन्, जसले गर्दा ऋण उठ्न ढिलो हुँदै जान्छ । ऋण नउठेपछि प्रोभिजनिङ बढी गर्नुपर्ने हुन्छ । यसको असर एकातिर खर्च बढ्यो भने अर्कातर्फ खराब कर्जा पनि बढ्ने गरेको छ । यही कारण गत वर्षको तुलनामा यो वर्षको माघसम्ममा लघुवित्तको नाफा दर घटेको पनि घटेको छ ।’
चालू आवको पहिलो ६ महिनासम्ममा अधिकांश लघुवित्तको नाफा घटेको छ ।
लघुवित्त वित्तीय संस्थामा आधार दर गणना विधि तय गरी ब्याजदर निर्धारणलाई थप व्यवस्थित बनाउने नीति राष्ट्र बैंकले लिएको छ । तर, राष्ट्र बैंकले लिएको यस्तो नीति कार्यान्वयन नहुँदा आफूहरू मर्कामा परेको लघुवित्त वित्तीय संस्थाहरू बताउँछन् ।
राष्ट्र बैंकको बैंकिङ नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले मौद्रिक नीतिमा रहेको उक्त व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित लघुवित्तबाटै आधार दर माग गरिएको बताए ।
लघुवित्तहरूले आफ्नो तर्फबाट पेश गरेको आधार दरलाई राष्ट्र बैंकले अध्ययन गरिरहेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओसमेत रहेका शर्माका अनुसार लघुवित्तमा लगानी गर्दा जोखिम कम हुने, लोन लस प्रोभिजनिङ कम मात्रै गरे पुग्ने र अन्य जोखिमपूर्ण क्षेत्रमा लगानी गरेको जस्तो बढी प्रिमियम लिन नपर्ने हुँदा बैंकहरूको लघुवित्तमा गरेको लगानी सुरक्षित हो ।
सुरक्षित लगानी भएकैले ५/६ प्रतिशतको आधार दरमा नै बैंकहरूले लगानी गरेको छन् ।
अब लघुवित्तमा पनि यो दर लागू हुने र बैंकहरूले थप गर्न पाउने प्रिमियममा सीमा लाग्ने हो भने लघुवित्तले गर्ने लगानी र यसका ऋणीले अहिलेभन्दा सस्तोमा पनि कर्जा पाउन सक्ने बुझाइ शर्माको छ ।
यसका लागि राष्ट्र बैंकले लघुवित्तको बेस रेट र बैंकहरूले लिने प्रिमियम दर तोकिनुपर्ने माग लघुवित्तहरूले पटक–पटक गर्दै आएका छन् । चालू आवको मौद्रिक नीतिका लागि पेश गरिएको सुझावमा पनि उक्त व्यवस्था लागू गर्न लघुवित्तहरूले लिखित माग गरेका थिए ।
वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर नै बढेर अहिले १२ प्रतिशतसम्म पुगिसकेको छ । पुरानो कर्जा नवीकरण गर्दा १४/१५ प्रतिशत ब्याज पनि सामान्य भइसकेको छ ।
वाणिज्य बैंकहरूले यही आधार दरमा प्रिमियम जोडेर मात्रै कर्जा लगानी गर्न पाउँछन् । वाणिज्य बैंकहरूले हरेक महिना सार्वजनिक गर्ने ब्याजदरमाा आधार दरसँगै लिने प्रिमियम पनि सार्वजनिक गर्नुपर्छ ।
नेपाल राष्ट्र बैंक बैंकिङ नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले कुनै पनि बैंकले कार्यान्वयन गर्नुभन्दा अघि नै बेस रेट सार्वजनिक गरेका छन् भने जति पनि प्रिमियम लिन पाउने बताए ।
बैंकहरूले आधार दरमा जोड्ने यस्तो प्रिमियम सम्बन्धित बैंकले दिएको कर्जाको जोमिखका आधारमा हुने गर्छ । ढकालका अनुसार आधार दर औसतमा ८.५३ प्रतिशत भएपनि बैंकहरूले अघिल्लो महिना नै आफूले लिने प्रिमियम सार्वजनिक गरेर १० प्रतिशत पनि लिन पाउँछन् ।
राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार निक्षेप र कर्जाबीचको अन्तर ४.४ प्रतिशत भन्दा बढी गर्न पाइँदैन । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार भारित औसत डिपोजिट रेट माघसम्म साढे ६ प्रतिशत छ । औसत भातिर कर्जा दर १०.३ प्रतिशत छ । निक्षेप र कर्जाबीचको ब्यजदरको सीमा अनुसार भोलिका दिनमा ८ भारित औसत डिपोजिट रेट हुँदा औसत १२ प्रतिशत मात्रै औसत कर्जाको दर हुन्छ ।
बैंकहरूले विभिन्न प्रकारका निक्षेप लिने र मुद्दती खातामा मात्रै ११ प्रतिशत रेमिट्यान्स आयलाई भने १२ प्रतिशतसम्म ब्याज दिन पाउँछन् । अन्य निक्षेपको ब्याजदर ६/७ प्रतिशत मात्रै हुने भएकाले पनि कर्जा लगानी गर्दा औसतदरमा लगानी गर्ने गर्छन् । अहिले लघुवित्तले पनि औसत दरमै पाइरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढीले फरक गर्न नपाउने व्यवस्थासमेत मौद्रिक नीतिमा छ ।
लघुवित्तहरूले भने निक्षेप संकलन गर्न पाउँदैनन् । हाल छिमेक लघुवित्त र निर्धन उत्थान लघुवित्तले मात्रै निक्षेप संकलन गर्छन् । बाँकी सबैले वाणिज्य बैंकहरूबाट सापटी लिने वा बैंकहरूले लघुवित्तमार्फत राष्ट्र बैंकले अनिवार्य लगानीको व्यवस्था गरको डिप्रइभ सेक्टरसहितमा लगानी गर्छन् ।
अरू सबै लघुवित्तले आफ्ना सदस्यबाट बाहेक अरूबाट निक्षेप लिन पनि पाउँदैनन् ।
लघुवित्तहरूको हालको ३ खर्ब ३९ अर्ब रुपैयाँ ऋणको पोर्टपोलियो ३९ प्रतिशत मात्र निक्षेपबाट पूर्ति भइरहेको छ । यस्तो निक्षेप सम्बन्धित लघुवित्तका सदस्यबाट मात्रै लिएर जम्मा भएको स्रोत हो ।
नेपाल राष्ट्र बैंकबाट हाल ६६ वटा लघुवित्तले अनुमति लिएर सेवा सञ्चालन गरिरहेका छन् । यस मध्ये ५८ वटा लघुवित्तहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन् ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...