×

NMB BANK
NIC ASIA

पोखरा विमानस्थल निर्माण अन्तिम चरणमा

चैत ५, २०७८

NTC
Premier Steels

राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ९३ प्रतिशत पूरा भएको छ ।

Muktinath Bank

वैशाखभित्र यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) गर्ने योजनाअनुसार काम भइरहेको विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए । उनका अनुसार डेकोरेसन, फिनिसिङ लगायतका केही काम बाँकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर यसअघि नै निर्माण भइसकेका छन् । टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने एउटा विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) जडान भइसकेको छ । अर्को जडान भइरहेको छ । यस्तो खाले ब्रिज नेपालमै पहिलो पटक यहाँ जडान गरिएको हो । बाँकी काम पनि द्रुतगतिमा भइरहेको आयोजनाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कोरोना संक्रमणका कारण विमानस्थल निर्माणको समय १ वर्ष थपिएको थियो । जसअनुसार असार मसान्तभित्र सक्नुपर्ने समयसीमा छ तर अधिकांश काम सकिए पनि आन्तरिक समस्या समाधानका काम अझै हुन भने सकेको छैन । विमानस्थल सञ्चालन अघि नजिकै पूर्वतर्फ रहेको रिठ्ठेपानी डाँडा कटान गर्नुपर्नेछ । 

Vianet communication

अन्तर्राष्ट्रिय जहाज उडान र अवतरणका लागि यो डाँडा बाधक बन्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन भइरहेको छ । निजीतर्फको डाँडा भने कटान भइरहेको छ । अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि यो डाँडा ४० मिटरसम्म कटान गर्नुपर्छ ।

अझै सरकारी वनतर्फको रुख कटानका लागि बाटो नखुलेको आयोजना प्रमुख मुनंकर्मी बताउँछन् । 

अर्को बाधक ल्यान्डफिल्ड साइट रहेको छ । ३ किलोमिटर दूरीमा रहेको ल्यान्डफिल्ड साइट विमानस्थल सञ्चालन हुनु ६ महिनाअघि नै सारिसक्नुपर्ने हो तर नयाँ ल्यान्डफिल्ड बनाउन जमिनको टुंगो लागेको छैन ।

‘ल्यान्डफिल्डमा फ्याँकिएका फोहोर खाने बानी परेका गिद्ध, चिल लगायतका चरालाई नयाँ ठाउँमा जाने बानी पनि पर्छ,’ चरामा विद्यावारिधि गरेका हेमसागर बराल भन्छन्, ‘जसका लागि पार्न विमानस्थल सञ्चालन हुनुभन्दा ६ महिनाअघि ल्यान्डफिल्ड साइट सार्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।’

अन्तर्राष्ट्रिय विमानस्थलदेखि ३ किलोमिटरभित्रै सेतो गिद्ध, डंगर, सानो खैरो गिद्धलगायत गिद्धको बासस्थान रहेकाले बेलैमा ल्यान्डफिल साइट सार्ने, जटायु रेस्टुरेन्टमा गिद्धका लागि सिनोको व्यवस्थापन गर्ने काम तत्काल गरेर उडानमा अवरोध रोक्न सकिने बरालले बताए ।

जग्गाको टुंगो समेत नलाग्दा र डाँडा कटानका लागि रुख काट्न समेत स्वीकृति नपाउँदा विमानस्थल तयार भए पनि सञ्चालनमा समस्या आउन सक्ने देखिएको हो । विमानस्थलमा नेपाल आयल निगमले बनाउने भनिएको इन्धन भण्डारण कक्षको काम पनि शुरू भएको छैन । इन्धन भण्डारण कक्ष तयार नभए पनि विमानस्थल सञ्चालनमा समस्या नआउने बताइएको छ ।

सञ्चालनमा रहेको विमानस्थलबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन लगेर व्यवस्थापन गरिने निगमले जनाएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले बताए । ढल र नहरको व्यवस्थापन अर्को चुनौती छ । पोखरा देशकै सबैभन्दा धेरै पानी पर्ने शहर हो । वर्षायाममा पृथ्वी राजमार्ग हुँदै आउने भलपानी विमानस्थल परिसर हुँदै बग्ने सिँचाइको नहरमा मिसिन्छ ।

गत वर्षायाममा नहर भत्केर बगेको पानीले विमानस्थल पूर्वतर्फको विजयपुर खोलाको डिल भत्केको छ । यसले पनि समस्या हुन सक्ने स्थानीय हेमन्त ढकाल बताउँछन् । 

वैशाखमा यान्त्रिक उडान गर्न पनि १४ मिटर डाँडा कटान हुनुपर्ने आयोजनाले जनाएको छ । स्वीकृति पाए ३० हजार घनमिटर माटो १ महिनामा काट्न सकिने आयोजना प्रमुख मुनंकर्मीले बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x