माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चैत ८, २०७८
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच चुनावी जोडघटाउ शुरू भएको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले एक्लै चुनावमा होमिने गृहकार्यमा लागेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस, तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) लगायतका सत्तारुढ दलहरू भने गठबन्धन बनाएर चुनावमा होमिने प्रयासमा छन् ।
त्यसो त राप्रपा, लोसपालगायत दलसँग एमालेले गठबन्धन गर्ने सम्भावना जीवित छ ।
२०७४ सालमा ३ चरणमा भएको स्थानीय तह निर्वाचनको पहिलो दल एमाले यसबीचमा विभाजित भएको छ ।
पार्टीको नेतृत्व सम्हालिसकेका पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल र माधव नेपालले छुट्टै दल खोलेका छन् । अर्कार्तफ प्रभावशाली नेता वामदेव गौतम निष्क्रियप्राय: छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली तथा एमाले नेताहरूले विभाजनको खासै असर नपरेको दाबी गर्ने गरेका छन् । झण्डै १० प्रतिशतको हाराहारीमा मात्र क्षति पुगेको दाबी एमालेको छ ।
एमालेले दाबी गरेअनुसार नै १० प्रतिशत मात्र क्षति पुगेको मान्ने हो भने पनि उसले अघिल्लोपटक जितेका धेरै स्थानीय तह यसपटक गुमाउन सक्ने खतरा त्यतिबेला प्राप्त मतको विश्लेषणले देखाएको छ ।
अघिल्लो निर्वाचनमा प्राप्त मतले एमालेका लागि पार्टी विभाजन र सत्ता गठबन्धनबीचको तालमेल भारी पर्ने देखाउँछ ।
त्यसो त ५ वर्षअघि र पछि एउटै अवस्था हुन्छ भन्न सकिन्न, तर अघिल्लो निर्वाचनको मत परिणामको अर्थ भने पक्कै पनि रहन्छ । चुनावी अंकगणितको हिसाबकिताब गर्दा अघिल्लो चुनावको मतलाई आधार मान्ने चलन विश्वव्यापी रूपमा छ ।
हामीले यहाँ एमालेले अघिल्लोपटक जितेका स्थानीय तहहरूको मत विश्लेषण गरेका छौं ।
यसमा एमालेबाट जितेर एकीकृत समाजवादीतर्फ लाग्नेहरू पनि छन् ।
जनप्रतिनिधि समाजवादीतर्फ लागे पनि सूर्य चिह्नका लागि प्राप्त मत एमालेको मानेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।
३३ स्थानीय तहमा १०० सम्म र १३६ स्थानीय तहमा ५०० भन्दा कम मतान्तर!
एमालेले अघिल्लोपटक १७१ गाउँपालिका (एक निर्विरोधसहित) तथा १२३ नगर (नगरपालिका, उपमहानगर र महानगरपालिका) गरी २९४ स्थानीय तहमा जीत हात पारेको थियो ।
स्वतन्त्र जितेका ३ गाउँपालिका अध्यक्ष पार्टी प्रवेश गरेपछि एमालेले कुल २९७ स्थानीय तह जितेको भनेर हिसाबकिताब गर्ने गरेको छ ।
चुनाव भएर सूर्य चिह्नबाट जितेका २ सय ९३ स्थानीय तहमध्ये ३३ स्थानीय तहमा त एमालेले दुई अंकको मतान्तर (१०० भन्दा कम मत) ले जीत हात पारेको छ ।
झापाको कमल गाउँपालिकामा एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट एमाले उम्मेदवार काफ्लेलाई विजयी घोषित गरिएको थियो ।
यसैगरी चौरपाटी गाउँपालिका अछाममा १ र रामप्रसाद राई गाउँपालिका भोजपुरमा ८ मतले एमाले उम्मेदवार विजयी भएका थिए ।
३५ स्थानीय तहमा एमालेले १०१ देखि २०० सम्मको मतान्तरले जीत हात पार्दा २३ स्थानीय तहमा २०१ देखि ३००, २९ स्थानीय तहमा ३०१ देखि ४०० र १६ स्थानीय तहमा ४०१ देखि ५०० सम्मको मतान्तरले एमाले उम्मेदवार विजयी भएका छन् ।
५०० भन्दा कम मतान्तरले जित्ने एमालेका नगरप्रमुख तथा गाउँपालिका अध्यक्षको संख्या १३६ छ । यो एमालेले जितेका कुल स्थानीय तहको झण्डै आधा हो ।
१७० गाउँपालिका जित्दा एमालेले ९३ गाउँपालिकामा ५०० भन्दा कम मतान्तरले बाजी मारेको थियो । १५ सयभन्दा बढी मतान्तर रहेका गाउँपालिकाको संख्या जम्मा १८ छ ।
गाउँ र नगर दुवैतर्फको हिसाब गर्दा ६६ स्थानीय तहमा ५०१ देखि १०००, ३० स्थानीय तहमा १ हजार १ देखि १५०० र ६१ स्थानीय तहमा १५ सय १ भन्दा बढी मतान्तरले एमाले उम्मेदवार विजयी भएका छन् ।
एमालेले सबैभन्दा बढी मतान्तरले जीत हात पारेको काठमाडौं महानगरपालिका हो ।
एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीभन्दा १९ हजार ६४४ बढी मत ल्याएर जीत हात पारेका थिए ।
काठमाडौंमा एमाले र तत्कालीन राप्रपा नेपालबीच चुनावी तालमेल भएको थियो ।
उपप्रमुखमा राप्रपा नेपालका उम्मेदवार रहेकोमा कांग्रेसकी हरिप्रभा खड्गीले झण्डै विद्यासुन्दरकै हाराहारीमा मत ल्याएर बाजी मारेकी थिइन् ।
त्यसैगरी पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरभन्दा १३ हजार ७०२ मत बढी ल्याएका थिए ।
एमालेले सबैभन्दा बढी मतान्तरले जीत हात पारेको गाउँपालिका भने पाल्पाको पूर्वखोला हो ।
एमालेका नुनबहादुर थापाले कांग्रेसका झमनबहादुर राजमगरभन्दा ३ हजार ९०४ मत बढी प्राप्त गरेका थिए ।
यस्तै बाँकेको बैजनाथ एमालेले दोस्रो बढी मतान्तरले जितेको गाउँपालिका हो ।
उक्त गाउँपालिकामा एमालेका मानबहादुर रुचाल ठकुरीले कांग्रेसका देवबहादुर खत्रीलाई ३ हजार १ सय ९६ मतले पराजित गरेका थिए ।
एमालेले जितेका नगरपालिकाहरूको पूरा नतिजा :
एमालेले जितेका गाउँपालिकाहरूको नतिजा:
२४५ स्थानीय तहमा दोस्रो,३१ मा १०० भन्दा कम अन्तर
अघिल्लो चुनावमा २४५ स्थानीय तहमा एमाले दोस्रो भएको थियो । त्यसमध्ये २३ गाउँ र ८ नगर गरी ३१ स्थानीय तहमा एमालेले १०० भन्दा कम मतान्तरले हार बेहोरेको थियो ।
अघिल्लोपटक दोस्रोमा रहेको र झिनो मतान्तर भएको स्थानलाई अब जित्नसक्ने स्थानको सूचीमा राख्ने गरिन्छ, तर विभाजित दलको हकमा भने मतान्तर झनै बढ्ने खतरा बढी हुन्छ ।
एमाले दोस्रो स्थानमा रहेका स्थानीय तहमध्ये २६ वटामा १०१ देखि २००, २२ वटामा २०१ देखि ३००, २२ वटामा ३०१ देखि ४००, २२ वटामै ४०१ देखि ५००, ५९ वटामा ५०१ देखि १०००, ३३ वटामा १००१ देखि १५०० र ३० वटा स्थानीय तहमा १५ सयभन्दा बढी मतान्तर थियो ।
तथ्यांक स्रोत : निर्वाचन आयोग
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...