×

NMB BANK
NIC ASIA

सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैन, कलमको विजयी शुरूआत भइसक्यो : माधव नेपाल

चैत १२, २०७८

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् ।

Muktinath Bank

अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको शुरूआत भइसकेको उल्लेख गर्दै सूर्य चिह्न नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकृत समाजवादीनिकट मजदुरहरूको संगठन एकीकृत ट्रेड युनियन महासंघ नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कलम चिह्न लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जीत हासिल गरेको स्मरण गराए ।


Advertisment
Nabil box
Kumari

कसैकसैले पार्टी भित्रैबाट सूर्य चिह्न नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै उनले अप्ठ्यारो होइन कलम चिह्न लिएर जीतको शुरूआत भइसकेको बताए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जीत हासिल गर्न आफूहरूले वाम–लोकतान्त्रिक शक्तिसँग मिलेर जाने विषयमा छलफल भइरहेको बताए ।

Vianet communication

‘हामीले विजयको शुरूआत पनि गर्‍र्यौं । राष्ट्रिय सभाको चुनावमा पहिलोपटक हामीले हाम्रो उम्मेदवारलाई जितायौं र जितायौं पनि कसरी भने ठ्याक्क त्यो उम्मेदवारले स्वतन्त्र उम्मेदवारको हैसियतले कलम चिह्न लिनुभएको थियो र कलम चिह्नको जीतको शुरूवात गरेर अगाडि बढेका छौं । त्यसो हुनाले कसैकसैलाई लाग्ला – सूर्य चिह्न नभएको हुनाले अप्ठ्यारो पर्छ कि भनेर । अप्ठ्यारो होइन हाम्रो जीतको शुरूआत भइसकेको छ,’ नेपालले भने ।

उनले अगाडि थपे, ‘कलम चिह्नले जित्न थालिसकेको छ र दोस्रोचोटि त झन् एकीकृत समाजवादीको नाममा हामीले कलम चिह्न बोकेर १९ वटा राष्ट्रियसभा सदस्य चुनावमा पनि उपस्थिति जनायौं र हाम्रा सबै उम्मेदवारलाई जितायौं । एउटाबाहेक सबैलाई जिताएर देखाएका छौं । अब फेरि हामी चुनावमा उत्रिनुपर्नेछ । वैशाख ३० गतेको चुनावको तयारीमा, स्थानीय तह निर्वाचनको तयारीमा हामीले जुट्नुपर्नेछ । यो जुट्ने सन्दर्भमा वामपन्थी शक्तिबीच मिलेर जाने, लोकतान्त्रिक शक्तिहरूसँग पनि मिलेर जाने विषयमा छलफल भइरहेको छ ।’

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा समेत दिएका छन् । त्यसले सरकारमा हुँदा पनि गफबाहेक अरू केही पनि काम नगरेको उनले बताए । उनले आगामी दिनमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न र नेताहरूलाई गाउँ केन्द्रित हुन निर्देशन समेत दिएका छन् । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x