×

NMB BANK
NIC ASIA

लिग च्याम्पियन मछिन्द्रलाई स्तब्ध पार्दै राजर्षी जनक गोल्डकपको उपाधि पिप्ले युवा क्लबको पोल्टामा

चैत १४, २०७८

NTC
Premier Steels

छैठौं राजर्षी जनक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई स्तब्ध पार्दै हेटौंडाको पिप्ले युवा क्लब दोस्रो पटक विजयी भएको छ ।

Muktinath Bank

सर्लाही जिल्लाको बागमती नगरपालिकामा जारी छैठौं संस्करणको राजर्षी जनक गोल्डकप फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा हेटौंडाको पिप्ले युवा क्लबले मछिन्द्र क्लबलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै दोस्रो पटक इतिहास रच्दै विजयी भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र साविक विजेता पिप्ले युवा क्लब विच भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले समान गोलको अवसर पाए पनि गोलमा परिणत गर्न  भने सकेन ।


Advertisment
Nabil box
Kumari

त्यस्तै खेलको दोस्रो हाफको सुरुवाती ६ मिनेटमा पिप्ले युवा क्लबका अमिर श्रेष्ठले डिबक्स नजिकैबाट हानेको फ्रिकिक बल विपक्षी टिमको पोष्टबार माथीबाट जाँदा गोल हुनबाट चुक्यो ।

Vianet communication

त्यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले ८ औ मिनेटमा विपक्षी टिमको खेलाडी छल्दै विमल थापा मगरलाई पास दिँदा अफसाईड हुन पुगे ।

निकै रोमाञ्चक भएको प्रतियोगिताको फाइनल खेलको ३४ औ मिनेटमा मछिन्द्रका यानद्रियोस नियोकले फल गर्दा पिप्ले युवा क्लबले राम्रो अवसर पाएपनि रोप बहादुर लामाले  हानेको बल मछिन्द्रका गोल रक्षक विशाल राईले उत्कृष्ट बचाउ गरे ।  

पिप्लेको गोल पोष्ट नजिकै मछिन्द्रका खेलाडी यानद्रियोस नियोकले वान भर्सेस वानमा विमल घर्ती मगरलाई दिएको बललाई विमलले गोलमा परिणत गर्न सकेनन् । दुवै टिमले खेलको निर्धारित समयमा गोल गर्ने समान अवसर पाएपनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा मछिन्द्र क्लबबाट सुजल श्रेष्ठ , विजय धिमाल र करिमले ३ गोल गरे ।

त्यस्तै  विमल घर्ती मगर र देवेन्द्र तामङ्गको बल पिप्लेका गोल रक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे ।

त्यस्तै पिप्लेबाट अशोक खवास,समिर राज थोकर र अमिर श्रेष्ठले ३ गोल गर्दा कुलदिप कार्कीको बल पोष्टबार माथिबाट बाहिरियो र माट्रिनको बल मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

दुवैटिमको ३–३ गोलको बराबरी भएपछि सडन डेथको पहिलो प्रहारमा पिप्लेका तर्फबाट रोप बहादुर लामाले थप १ गोलगर्दा मछिन्द्रका छिरिङ गुरुङको प्रहार बल क्रसबारमा लागेर फर्किएपछि पिप्लेका रुपमबहादुर लामाको गोल नै  निर्णायक सावित हुन पुग्यो र ४–३ गोल अन्तरले हेटौंडको पिप्ले युवा क्लबले दोस्रो पटक राजर्षी जनक गोल्डकपको विजेता बन्न पुग्यो ।

प्रतियोगिताको विजेता पिप्लेले १० लाख १ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता मछिन्द्र क्लबले ५ लाख ५ सय नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

सोमवार भएको फाइनल खेलको म्यान अफ द म्याच  पिप्लेका गोल रक्षक अशोक बराल घोषित भए यस्तै प्लेयर अफ द टुर्नामेन्ट पिप्ले युवा क्लबका रुपबहादुर लामा घोषित भएका छन् ।

उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका बिमल घर्ती मगर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर बागमती युवा क्लबका अमर श्रेष्ठ र उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x