०३ साउन २०८३, आइतबार

यी हुन् २०७३ का श्रेष्ठ ९ पुस्तक

कात्तिक २०, २०७४
यी हुन् २०७३ का श्रेष्ठ ९ पुस्तक


काठमाडौँ, २५ असार - मदन पुरस्कार गुठीले २०७३ सालका श्रेष्ठ नौ पुस्तकको सूची सार्वजनिक गरेको छ ।madan_puraskar 9

मदन पुरस्कारका लागि प्राप्त भएका कूल १९५ पुस्तकमध्ये गुठीले नौ पुस्तकको सूची आज सार्वजनिक गरेको हो । यी पुस्तकमध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७३ को मदन पुरस्कार प्रदान गरिने’ गुठीका अध्यक्ष कुन्दा दीक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

छनोटमा परेका श्रेष्ठ नौ पुस्तकमा क्रमशः पुरुषोत्तमलोचन श्रेष्ठको ‘गुहा, गुहालेख र गुहचित्र एवम् अन्य सम्पदा’, राज सरगमको ‘छाउघर’, शरद पौडेलको ‘तपन’, जय छाङ्छाको ‘दोहाको सीधा उडान’, घनश्याम कँडेलको ‘धृतराष्ट्र’, हरि अधिकारीको ‘प्रतिनायक’, सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’, राजेन्द्र पराजुलीको ‘शुक्रराज शास्त्रीको चस्मा’ र नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ’ छन् ।

‘श्रेष्ठ सूची’ छनोटका लागि गठित समितिबाट प्राप्त पुस्तकको सूची गुठीले सार्वजनिक गरेको हो । अघिल्लो बर्ष ‘मदन पुरस्कार—२०७२’ स्रष्टा रामलाल जोशीको पुस्तक ‘ऐना’ले प्राप्त गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्