×

NMB BANK
NIC ASIA

अर्थमन्त्री-गभर्नर आमनेसामने

अर्थमन्त्री–गभर्नर विवाद सार्वजनिक कार्यक्रममै छताछुल्ल, नामै लिएर पड्किए अर्थमन्त्री शर्मा

चैत २५, २०७८

NTC
Premier Steels

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको विवाद सार्वजनिक कार्यक्रममै छताछुल्ल भएको छ । 

Muktinath Bank

शुक्रवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिलाई अनुशासनको पालना नगरेको भन्दै गाली गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्री शर्माले राष्ट्र बैंकले अनुशासन पालना नगरेको, आफूले सोधेको विषयलाई अनावश्यक प्रचार गरेको बताए । उनले राष्ट्र बैंकले दिने सुझाव मन्त्रालय नआइपुग्दै मिडियामा गएको र विदेशी लगानी भित्र्याउन सहजीकरण गर्न खोज्दा मन्त्रीले चलखेल गरेको भन्दै मिडियाबाजी गरेको गुनासो समेत गरे ।


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री शर्माले भने, ‘अर्थतन्त्रमा ठूलो समस्या भइसक्यो भनियो के हो भनेर जान्नुपर्‍यो, शेयर किन्ने पैसामा क्याप लागिसक्यो न्यूनतम ४ करोड र अधिकतम १२ करोड रुपैयाँको सीमा किन लगाइयो भनेर मैले गभर्नरलाई सोध्नुपर्छ ।’ 

Vianet communication

गभर्नरले कुनै समन्वय नै नगरी आफैं निर्णय गर्ने गरेको र जानकारी माग्दा अर्थमन्त्रीले हस्तक्षेप गर्‍यो भन्ने गरेको शर्माले बताए  ।

‘कहिले काहीँ बैंकको ब्याजदर बढ्छ । सीईओहरू हामीलाई ब्याज बढाउनू, नबढाउनू भनेर पठाइयो भन्दै फोन गर्छन् । मैले फेरि गर्भनरलाई सोध्नुपर्छ, के भएको हो भनेर । गभर्नर साहेब ब्याज किन बढाइयो भनेर सोध्नुपर्ने हुन्छ, अर्थमन्त्रीले गभर्नरलाई सोध्न पनि नपाउने ?’

अर्थमन्त्रीले थपे, ‘कहिलेकाहीँ मलाई मर्का पर्‍यो अप्ठ्यारो पर्‍यो भन्दै मन्त्रालयमै निवेदन आउँछ । मन्त्री भएपछि मैले के भएको हो भने सोध्ने र निवेदकको कुरा सुन्ने गर्नुपर्छ । अनि यसमा पनि अर्थमन्त्रीले हस्तक्षेप गर्‍यो भनेर मिडियामा भन्छन् ।’ मन्त्री शर्माले राष्ट्र बैंक वा सरकार ऐनले चल्ने भन्दै सोहीअनुसार काम गर्न नरोकेको बताए । 

‘अहिले संकट परेका बेला विदेशी लगानी आउला भनेर सहयोग गर्न खोज्दा अर्थमन्त्रीले असहयोग गर्‍यो भन्दै गोप्य कुराहरूसमेत मिडियामा पुर्‍याइन्छ किन ?’ अर्थमन्त्री शर्माले प्रश्न गरे । उनले भने, ‘यस्तो अनुशासनले हुन्छ । कतिपय सूचनाहरू हुन्छन्, रिपोर्ट गर्नुपर्ने हुन्छ, रिपोर्ट भएको हुँदैन । बदमासी भइरहेको हुन्छ । राष्ट्र बैंककै सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु । को हो आधिकारिक कुराचाहिँ थाहा छैन ।’ 

अर्थमन्त्री शर्माले भने, ‘सञ्चालक समिति सदस्यले ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको भन्ने मैले सुनेको छु । त्यस्तो सञ्चालक समिति सदस्यलाई यहाँ (राष्ट्र बैंकमा) राखेर हुन्छ ? सबैले आ–आफ्नो मर्यादा पालना गर्नु पर्दैन ?’

उनले थपे, ‘बैंककै प्रवक्ताले प्रतिक्रिया दिएर मन्त्रीले यसो गरेकै हो, त्यो मानिँदैन भनेको सुनें । यही हो तरिका ? यही हो अनुशासन ? यसलाई नसच्चाइ कसरी अगाडि बढ्न सकिन्छ ? अस्ति राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई एउटा सुझाव दिएको छ । त्यो अध्ययन गरेरै दिएको होला । कर्यान्वयनमा लग्दै गर्दा सुझाव यहाँ आइनपुग्दै पत्रिकामा आइसक्छ । कुरो के हो बुझेको छैन । अर्थतन्त्रलाई प्रभाव पार्नेगरी सूचना चुहाइहाल्ने ? केही समय ढिलो गर्ने एलसी नखोल्ने भनेको सुनेको छ । १०/१५ दिनयता कतिले एसली खोले त्यसको विवरण मलाई चाहियो ।’

सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती हुने अवस्था आएको बताए । उनले अहिले व्यवस्थापन गर्न नसके नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने पनि बताए ।

बाह्य क्षेत्रमा सन्तुलन कायम गर्नका लागि राष्ट्र बैंकले विनिमय दर तथा बाह्य सञ्चिति व्यवस्थापन गर्ने उनको भनाइ छ । अधिकारीले पछिल्ला केही महिनामा नेपालको बाह्य क्षेत्रमा दबाबको स्थिति देखा परेको पनि बताए ।

अधिकारीले आयात प्रतिस्थापन गर्न नसकेको अवस्थामा आगामी दिनमा समेत बाह्य क्षेत्र स्थायित्वको जोखिम कायमै रहने र श्रीलंकाबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने तर्क गरे ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको शुरूदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण शोधानान्तर घाटा भएको र बैंकमा तरलता अभाव रहेको बताए ।

‘सरकारसँग सहकार्यमा राष्ट्र बैंकले आयात निरुत्साहन गर्नका लागि नगद मार्जिनदेखि लिएर कर्जामा जोखिम भार थप्ने तथा सुन र चाँदीको आयातमा कडाइ गरेको छ, विदेशी सञ्चिती जोगाउनुपर्ने अहिलेको बाध्यता हो,’ गभर्नर अधिकारीले भने ।

अधिकारीले पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण ब्याजदर बढेको बताए । 

अधिकारीले भने, ‘उपभोगमुखी हुँदै गएमा र बानी परिवर्तन भएमा अर्थतन्त्रमा समस्या देखिन्छ, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने र आयात घटाउँदै लैजाने नीति लिनुपर्ने हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x