×

NMB BANK
NIC ASIA

प्रधानसेनापति शर्माद्वारा कङ्गोमा निधन भएका स्व. गुरुङप्रति श्रद्धाञ्जली अर्पण

चैत ३०, २०७८

NTC
Premier Steels

नेपाली सेनाले कङ्गोमा विद्रोहीको गोली लागेर निधन भएका प्युठ अनिल गुरुङको योगदान र वीरताप्रति सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

Muktinath Bank

प्रधान सेनापति प्रभुराम शर्माले छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित कार्यक्रममा नेपाली शान्ति सैनिकका रूपमा शान्ति स्थापना कार्यमा खटिएका बखत निधन भएका स्व. गुरुङको पार्थिव शरीरमा  सेनाको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अफ्रिकी मुलुक कङ्गोमा चैत २२ गते सञ्चालन भएको अपरेशन ‘बाली’का क्रममा विद्रोहीबाट भएको फायरबाट घाइते भई स्थानीय बुनियाँस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।


Advertisment
Nabil box
Kumari

उनको पार्थिव शरीर मंगलवार स्वदेश ल्याइएको थियो । प्युठ गुरुङको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गर्दै सेनाले श्रद्धाञ्जली प्रकट गरेको हो ।

Vianet communication

सुर्खेत जिल्लाको गुर्माकोट नगरपालिका जहरे निवासी गुरुङ कङ्गोमा तैनाथ नेपाली शान्ति मिसनमा कार्यरत थिए । रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि स्व. गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरे ।

सो अवसरमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक रिचर्ड होवार्डले स्व. गुरुङको पार्थिव शरीरमा  संयुक्त राष्ट्रसंघको झण्डा ओढाइ सम्मान प्रकट गरे । त्यस अवसरमा नेपाली सेनाको टुकडीले स्व. गुरुङको सम्मानमा सलामी अर्पण गरेको थियो ।

त्यस अवसरमा प्रधान सेनापति महारथी शर्माले कङ्गोस्थित मिसनका फोर्स कमाण्डरले पठाएको समवेदना पत्र र अन्तिम दाहसंस्कारका लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरे । स्व. प्युठ अनिल गुरुङको पार्थिव शरीरलाई बुधवारै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगेर परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x