बैशाख २४, २०८१
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
अमेरिकाले सन् २००३ मा इराकविरुद्ध अवैध युद्ध शुरू गर्दा क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोले अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा एउटा सम्बोधन गरेका थिए । उनले भनेका थिए, ‘हाम्रो मुलुक अरू मानिसमाथि बम खसाउँदैन अनि हजारौं बम पठाएर शहरहरू पनि ध्वस्त पार्दैन । हाम्रो मुलुकका हजारौं वैज्ञानिक र चिकित्सकहरू जीवन बचाउने सोचका साथ शिक्षित भएका छन् ।’
क्युबासँग सेना थियो तर त्यो सेना युद्धका लागि उपयोग गरिएन । कास्ट्रोले त्यसलाई ‘सेतो कोट लगाउने सेना’ भने । उनको संकेत चिकित्सकहरूतर्फ थियो । हालैका दिनमा क्युबाको हेनरी रीभ ब्रिगेडका स्वास्थ्यकर्मीहरूले कोभिड–१९ महामारी फैलिन नदिन संसारभरि निःस्वार्थ भावका साथ काम गरिरहेका छन् ।
यस संसारमा बाँच्नका लागि दुईवटा तरिका रहेको कास्ट्रो स्मरण गराउँछन् । हामी हतियारले भरिएको तथा डरत्रासले थिचिएको युद्धग्रस्त संसारमा बाँच्न सक्छौं । त्यस्तो संसारले जतिखेर पनि युद्धको तयारी गर्छ ।
वा यसको साटो हामी शिक्षक, चिकित्सक, वैज्ञानिक, सामाजिक कार्यकर्ता, कथावचाक र गायकहरूको संसारमा बाँच्न सक्छौं । हामी अहिले बाँचिरहेको भन्दा थप राम्रो संसार बनाउनका लागि योगदान गर्ने मानिसमा विश्वास गर्न सक्छौं । अहिलेको संसार युद्ध र नाफाको संसार हो जहाँ कुरूपताले हामीलाई छोप्न खोजिरहेको छ ।
नयाँ फलामे पर्दा (आइरन कर्टन अर्थात् खेमामा विभाजित विश्व) निर्माण गरिँदैछ भन्ने डरले हाम्रा रौं ठाडा हुन थालेका छन् । चीन र रुसलाई ठिँगुर्याउने र संसारलाई विभिन्न खेमामा बाँड्ने दबाब उच्च छ । तर त्यसो गर्न सम्भव छैन किनकि हामी विरोधाभासको जञ्जालमा छौं, सुनिश्चितताको सरल संसारमा हामी बाँचिरहेका छैनौं ।
अमेरिकाका निकट साझेदार अस्ट्रेलिया, जर्मनी, जापान र भारतले पनि रुस र चीनसँगको आर्थिक तथा राजनीतिक सम्बन्ध तोड्न सक्दैनन् । त्यसरी सम्बन्ध तोड्दा ती देशहरू आर्थिक मन्दीमा फस्नेछन् । त्यस्तो अवस्थामा आउने आर्थिक अव्यवस्थाको परिणाम युद्ध तथा नाकाबन्दीको मारमा परेका मुलुकहरू होन्डुरस, पाकिस्तान, पेरु र श्रीलंकामा देखिएको जस्तो हुनेछ । यी मुलुकहरू अन्तर्राष्ट्रिय मुद्रा कोष, देशका सम्भ्रान्त तथा विदेशी दूतावासको लोभका कारण अस्तव्यस्त भएका छन् । इन्धनको मूल्य बढिरहेका कारण आर्थिक संकट राजनीतिक संकटमा परिणत भइरहेको छ ।
युद्धहरू कुनै पनि मुलुकको राजनीतिक संस्था तथा सामाजिक क्षमतालाई ध्वस्त बनाएर अन्त्य हुन्छन् वा युद्धविराम र सम्झौतामा गएर टुंगिन्छन् । नेटोले सन् २०११ मा लिबियाविरुद्ध चलाएको युद्धका कारण त्यो देश बारुदको गन्ध तथा भत्किएको सामाजिक व्यवस्थासँगै धर्मराउन पुगेको छ ।
लिबियाले भोगेको नियति युक्रेन वा अरू कसैले पनि भोग्नु हुँदैन । तर अफगानिस्तान, सोमालिया र यमनका मानिसको नियति नै यस्तो रहेछ । पश्चिमले भड्काएको, हातहतियारले सुसज्जित पारेको र पश्चिमलाई फाइदा पुर्याउने युद्धका कारण ती देशहरू तहसनहस भएका छन् ।
समकालीन रुस सोभियत संघको पतनपछि उदाउँदै गर्दा बोरिस येल्तसिनले रुसी संसद् विरुद्ध कू गरी संसद् भवनमा ट्यांक पठाएका थिए । यस्तो हिंस्रक शुरूआत तथा अन्य युद्धग्रस्त मुलुकको अनुभवलाई विचार गरी रुसमा अहिले सत्ता चलाइरहेकाहरूले गतिविधि सञ्चालन गर्ने गरेका छन् । उनीहरू आफूलाई लिबिया, यमन वा अफगानिस्तानको जस्तो नियति बेहोर्न नलिन सचेत छन् ।
रुस र युक्रेनबीचको वार्तामा कुनै प्रगति भएको छैन । युद्धविरामलाई वास्तविक बनाउने हो भने दुई पक्षबीच विश्वासको वातावरण बन्नु जरूरी छ । यो युद्धविराम युक्रेनमा भइरहेको युद्धमा मात्र सीमित रहनुहुँदैन । यसले युरेसियाली क्षेत्रमा अमेरिकाले चलाइरहेको दबाबमूलक अभियानलाई पनि रोक्नुपर्छ ।
त्यस्तो दबाबमूलक अभियान के हो र अहिले आएर किन यसको बारेमा कुरा गर्नुपरेको हो ? ‘युक्रेनबाट रुस बाहिरियोस्’ भने पुग्दैन ? यस्तो नारा सही भए पनि यसले यो युद्ध भड्काउनका लागि जिम्मेवार गहिरो समस्यालाई सम्बोधन गर्दैन ।
सोभियत संघ पतन भएपछि पश्चिमी मुलुकहरूले बोरिस येल्तसिन र पछि भ्लादिमिर पुटिनमार्फत आफ्नो स्रोत र शक्ति उपयोग गरेका थिए ।
शुरूमा पश्चिमले रुसको सामाजिक सुरक्षालाई ध्वस्त पारेर तथा सम्भ्रान्त रुसीहरूलाई देशको सामाजिक सम्पत्ति हडप्न अनुमति दिएर रुसी जनतालाई गरीब बनाएको थियो । त्यसपछि उनीहरूले रुसका नवधनाढ्यहरूलाई पश्चिमी नेतृत्वको विश्वव्यापीकरणमा लगानी गर्न लगाए ।
येल्तसिनले चेचेन्यामा चलाएको हिंस्रक युद्ध र पुटिनले त्यही ठाउँमा चलाएको युद्धलाई पश्चिमले समर्थन गरेको थियो । बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले रुसलाई ठूलो संख्यामा बेलायती हतियार बेचेका थिए । उनले सन् २००० मा पुटिनलाई लन्डनमा बोलाएर भनेका थिए, ‘रुस र पश्चिमले मिलेर स्थिरता तथा शान्ति प्रवर्धन गर्नुपर्छ ।’
सन् २००१ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले पुटिनको आँखामा हेरेर उनको आत्मा देखेको बताएका थिए । बुशले पुटिनलाई ‘इमान्दार र विश्वासयोग्य’ भनेका थिए । त्यही वर्ष द न्युयोर्क टाइम्सका टमस फ्रीडम्यानले पाठकहरूलाई ‘पुटिनको समर्थन गरिरहन’ भनेका थिए । पश्चिमले नै रुसका अर्बपतिहरूलाई राज्य कब्जा गर्न र रुसी समाजको दमन गर्न सहयोग गरेको थियो ।
रुस सरकारले युरोप र अमेरिकासँगको एकता सम्भव नरहेको निर्णय लिएपछि चाहिँ पश्चिमले पुटिनलाई दानवका रूपमा वर्णन गर्न थालेको हो । यस्तो कुरा पहिलापहिला पनि हुने गरेका थिए । इराकका सद्दाम हुसेन अमेरिकाको आँखामा महान् नायक थिए अनि पछि खलनायक बने । पनामाका म्यानुअल एन्टोनियो नोरिएगाको पनि हालत त्यस्तै भयो । अहिले त्यसभन्दा बढी खतरनाक स्थिति छ ।
अहिलेको संकट निम्तिनुमा अमेरिकाको हात छ । अमेरिकाले अन्तर्राष्ट्रिय हतियार नियन्त्रण संरचनालाई एकपक्षीय रूपमा भत्काउँदै एन्टी–ब्यालिस्टिक क्षेप्यास्त्र ट्रीटी र इन्टरमिडिएट–रेन्ज न्युक्लीयर फोर्सेस (आईएनएफ) बाट हात झिकेको थियो । यसले निवारणको नीतिलाई तहसनहस बनायो । सन् २०१८ को डिसेम्बर महिनामा अमेरिकाले आफ्ना साझेदारहरूलाई आईएनएफको प्रतिरक्षा गर्ने राष्ट्रसंघीय साधारणसभाको प्रस्ताव पारित गर्न रोक लगाएको थियो ।
त्यसपछि पुटिनले सुरक्षा प्रत्याभूतिको आवश्यकता औंल्याउन थाले । युक्रेन वा नेटोबाट नभई सिधै अमेरिकाबाट रुसलाई सुरक्षा प्रत्याभूति आवश्यक रहेको पुटिनले बताएका थिए ।
किन ? किनकि सन् २०१८ मा अमेरिकी सरकारले परराष्ट्रनीतिमा परिवर्तन गर्दै चीन र रुससँगको प्रतिस्पर्धा बढाउने घोषणा गरेको थियो ।
त्यसपछि रुस र चीनको सीमा नजिक नेटोको नेतृत्वमा गरिएको जलसैन्य अभ्यासले पनि रुसलाई आफ्नो सुरक्षाका विषयमा चिन्तित तुल्यायो । अमेरिकाको आक्रामकता सन् २०२२ को राष्ट्रिय सुरक्षा रणनीतिमा पनि विद्यमान छ । त्यसमा स्पष्ट लेखिएको छ, ‘अमेरिका आवश्यकता परेमा जुनसुकै द्वन्द्वमा पनि विजयी हुन तयार छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको चुनौतीलाई प्राथमिकता दिइएको छ अनि युरोपमा रुसी चुनौतीलाई पनि प्राथमिकतामा राखिएको छ ।’
अमेरिका द्वन्द्वमा विजयी हुन तयार छ भन्नु नै यहाँ महत्त्वपूर्ण शब्दावली हो । आफ्नो प्रभुत्व र अरूको पराजय मानवताविरुद्धको दृष्टिकोण हो । युरेसियामा अमेरिकाले लादेको दबाबमूलक अभियान अन्त्य हुनैपर्छ ।
हामीलाई विभाजित संसार चाहिएको छैन । हामी यथार्थपरक संसार चाहन्छौं । जलवायु परिवर्तनले निम्त्याएको विनाशलाई व्यवस्थापन गर्ने मानवीय संसार हामीलाई चाहिएको छ । भोक र अशिक्षालाई अन्त्य गर्ने संसार चाहिएको छ । हामीलाई निराशाबाट आशाको बाटोमा डोहोर्याउने संसार चाहिएको छ । बन्दूक बोकेका सेनाको साटो सेतो कोट लगाएका सेना भएको संसार चाहिएको छ ।
ट्राइकन्टिनेन्टल डट् ओआरजीमा प्रकाशित विजय प्रसादको आलेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...