×

NMB BANK
NIC ASIA

दाङका प्रभावशाली नेताहरूले पार्टी छाडेपछि माओवादीमा हलचल

बैशाख ५, २०७९

NTC
Premier Steels

चुनावको मुखमा दाङमा स्थानीय तहमा राम्रो प्रभाव पार्ने नेताहरूले धमाधम नेकपा माओवादी केन्द्र छाड्न थालेका छन् । जसले गर्दा दाङमा माओवादी केन्द्र कमजोर बन्दै गएको छ ।

Muktinath Bank

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन ५ वटै क्षेत्र माओवादी जितेको थियो । दाङ माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको गृहजिल्ला हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत चैत ८ गते महराका स्वकीय सचिव प्रमोद शर्माले पनि माओवादी छाडेका थिए । शनिवार जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन् ।


Advertisment
Nabil box
Kumari

जिल्लामा राम्रो प्रभाव रहेका नेताहरूले चुनावको मुखमा पार्टी छाडेपछि दाङ माओवादीमा हलचल आएको छ । माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्ष समेत रहेका प्रमोद र उनकी पत्ती सीता चौधरीलाई चैत १० गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए । 

Vianet communication

चौधरीलाई माओवादीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार बनाएको थियो । एमालेमा प्रवेश गरेपछि उनलाई अहिले एमालेले उपमेयरमा अगाडि सार्ने तयारी गरेको छ ।

सोमवार फेरि माओवादी केन्द्र दाङमा हलचल मच्चिने गरी जिल्ला इन्चार्ज जीवन गौतमले माओवादी त्यागेका छन् । पार्टीमा गुटबन्दी, सिन्डिकेट र निषेधको प्रवृत्ति देखिएपछि आफू माओवादीमा बस्ने अवस्था नभएर पार्टीबाट बाहिरिएको गौतमले बताए । 

गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उम्मेदार बनेका थिए । त्यतिबेला पराजित भएका उनी मतका हिसाबले तेस्रो स्थानमा रहे । नेता नारायणकाजी श्रेष्ठनिकट गौतम २०६५ सालमा नेकपा एकता केन्द्र मसालबाट माओवादीमा समाहित भएका थिए ।

जिल्लाका २ जना प्रभावशाली नेताहरूले पार्टी छाडेपछि दाङ माओवादीमा हलचल आएको छ । 

नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जीवन गौतम र प्रमोदले पार्टी छाड्दैमा दाङ माओवादीलाई खासै असर नपर्ने दाबी गरे । ‘जिल्ला इन्चार्ज नै पार्टी छाडेपछि केही मनौवैज्ञानिक असर पर्ला तर कार्यकर्ता तहमा त्यतिधेरै असर पर्दैन,’ आचार्यले लोकान्तरसँग भने ।

उनले थपे, ‘उहाँ (गौतम) गिरिराजमणि पोखरेल मन्त्री हुँदा, डिआर पौडेल मन्त्री हुँदा, अमिक शेरचन मन्त्री हुँदा कहिले राजनीतिक सल्लाहकार त कहिले स्वकीय सचिव भएर सत्ताबाहिर रहनुभएन । राज्यसत्तासँग सधैं पहुँचमा पुगेर आफू सम्पन्न भएपछि पार्टीलाई आक्षेप लगाएर पार्टी छाड्दैमा पार्टीलाई केही असर पर्दैन । त्यो दाङका माओवादी कार्यकर्ताले बुझेका छन् ।’

माओवादी दाङको राजपुर गाउँपालिका–२ का वडाध्यक्ष तुलसीराम भण्डारीले पनि माओवादी छाडेका छन् । माओवादीले सधैं दोहोरो चरित्र देखाएको भन्दै पार्टी छाडेको भण्डारीले बताएका छन् । दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला पनि हो । माओवादी छाडेर धेरै कार्यकर्ताहरू एमाले प्रवेश गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x