पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा फेरि उठ्ने भएपछि राजीनामा दिएकी भरतपुर महानगरपालिकाकी मेयर तथा माओवादी केन्द्रकी नेतृ रेनु दाहालको बिदाइ गरिएको छ । कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीको उपस्थितिमा शुक्रबार महानगरपालिकाले दाहाललाई बिदाइ गरेको हो । सोही अवसरमा अर्को कार्यकाल चुनाव लड्न लागेका वडाअध्यक्ष तथा वडा सदस्यहरूलाई पनि महानगरपालिकाले बिदाइ गरेको थियो ।
कार्यवाहक प्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले दाहालसहित वडाअध्यक्षहरू प्रकाश दवाडी ,चित्रसेन अधिकारी , विष्णुराज महतो ,राजेन्द्रमणि काफ्ले, विजय भुजेल लगायतलाई खादा लगाएर बिदाइ गरेका थिए ।
सो क्रममा कार्यबाहक प्रमुख ठकुरीले प्रमुख तथा अन्य वडाअध्यक्षहरूलाई आसन्न निर्वाचनमा विजयी भई पुनः स्वागत गर्न आफू आतुर रहेको भन्दै शुभकामना दिइन् । सो क्रममा दाहालले आफूले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिने योजनाका साथ राजीनामा गरी निर्वाचनमा होमिएको बताउँदै कार्य सम्पादनको ५ वर्षको अनुभूतिसहितको मन्तव्य राखेकी थिइन् ।
दाहालले भरतपुर महानगरपालिका देशकै पालिकाहरुमा अब्बल बन्न सकेको भन्दै खुसी व्यक्त गरिन् । यो अवधिमा भरतपुर महानगरपालिकाले महानगरको समग्र विकासमा ठूलो छलाड्ग मारेको उनको भनाइ थियो ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...