×

NMB BANK
NIC ASIA

नेपाली चियाको माग उच्च

बैशाख १५, २०७९

NTC
Premier Steels

 अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।  

Muktinath Bank

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा दुई अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपियाँ बराबरको नौ हजार १७ मेट्रिक टन चिया निर्यात भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो आर्थिक वर्ष तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । यसैगरी आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चिया उच्च गुणस्तरको भएकाले निर्यात बढ्दै गएको बताए । उनले भने, “पछिल्लो  समय चियाको उत्पादनसँगै निर्यात पनि वृद्धि हुँदै गएको छ ।” विश्व बजारमा माग बढ्दै गएकाले चियाको निर्यात बढाएर वैदेशिक मुद्रा आर्जन गर्न सकिने उनको भनाइ छ ।

Vianet communication

निर्यातको सम्भावना उच्च    

स्वदेशमा उत्पादन भएको चिया छिमेकी मुलुक भारतसँगै अन्य तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । मुलुकमा उत्पादित चिया ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ । 

वार्षिक झन्डै चार अर्ब रुपियाँको चिया निर्यात हुँदै आएकामा अहिलेकै उत्पादन परिमाण कायम रहँदा पनि निर्यात बढाएर १० अर्ब रुपियाँको निर्यात मूल्य बनाउन सकिने सम्भावना रहेको बोर्डको अनुमान छ । 

चियाको आन्तरिक खपत न्यून रहेकाले आन्तरिक बजार प्रवद्र्धन गरी खुला बजार नीतिअनुरूप दीर्घकालीन समस्या समाधानका लागि चीन, रुस, युरोपेली सङ्घ, अमेरिकालगायतका मुलुकसँग जीटुजी सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गर्न लागिएको बोर्डले जानकारी दिएको छ । 

७९ करोडको आयात

मुलुकमा उत्पादित चिया विभिन्न मुलुकमा निर्यात भइरहेका बेला बाहिरी मुलुकबाट समेत आयात हुने गर्छ । चालू आर्थिक वर्षको चैतसम्म ७९ करोड ३५ लाख आठ हजार रुपियाँको एक लाख ८३ हजार १८७ केजी चिया आयात भएको छ । आव २०७७/७८ मा १५ करोड १३ लाख १२ हजार रुपियाँको तीन लाख ४६ हजार ८०६ केजी चिया आयात भएको थियो ।

चिया खेती विस्तार 

पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । यसबाहेक पनि अन्य जिल्लामा चिया खेती विस्तार हुँदै गएको छ । 

गत वर्ष १६ हजार ९१७ हेक्टर क्षेत्रफलमा २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन भएको थियो । यस व्यवसायमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको मूल्य शृङ्खलामा संलग्न छन् । 

बोर्डले चियाको उत्पादन बढाउन खेतीको विस्तार, प्रविधि प्रसारसँगै उद्योग स्थापनामा सहयोग गर्दै आएकोे छ । नेपाली चियाको आफ्नै ‘क्लोन’ विकास गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)सँग सम्झौता गरी प्रारम्भिक छनोटको काम अगाडि बढाएको छ । 

मुलुकमा उत्पादित अर्थोडक्स चियाको बजार प्रवद्र्धनका लागि आफ्नै ट्रेडमार्क कार्यान्वयनमा ल्याई हालसम्म २६ वटा उद्योगले ट्रेडमार्क प्राप्त गरिसकेका छन् । झापा जिल्लामा उत्पादन भइरहेको सीटीसी चियाको गुणस्तरमा एकरूपता कायम गर्न मापदण्ड निर्माणको कार्य अगाडि बढेको बोर्डले जानकारी दिएको छ । 

आज चिया दिवस

बोर्डले बिहीबार विभिन्न कार्यक्रम गरेर २६आँै राष्ट्रिय चिया दिवस मनाउन लागेको छ । ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागेको हो । 

प्रत्येक वर्ष वैशाख १५ गते चिया दिवस मनाइँदै आएको छ । कार्यक्रम चियासँग सरोकार राख्ने व्यक्तिको सहभागिता हुनेछ । कार्यक्रममा चिया क्षेत्रको नीतिमा केन्द्रित कार्यपत्र प्रस्तुत, चियाको प्रदर्शनी, टि टेस्टिङ हुनेछ ।  गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x