माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपाली अर्थतन्त्रको आकार (जीडीपी) चालू आर्थिक वर्ष (आव) को अन्त्यसम्ममा ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर पुग्ने केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ । यो उपभोक्ता मूल्यमा आधारित अनुमान हो । आधार मूल्यअनुसार भने यस वर्ष अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ बराबर हुनेछ ।
जीडीपी वृद्धिदरको प्रतिशत उपभोक्ता मूल्यमा ५ दशमलव ८४ र आधारभूत मूल्यमा ५ दशमलव ४९ हुने विभागको अनुमान छ । कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर गणनाका लागि आव २०६७/६८ लाई आधार वर्ष मानिएको छ ।
विभागको अनुमान २ दिनअघि अन्तरराष्ट्रिय मुद्राकोषले गरेको प्रक्षेपण ४ दशमलव १ प्रतिशतभन्दा बढी हो । तर, सरकारले प्रतिस्थापन बजेटमा राखेको ७ प्रतिशत वृद्धिदरको लक्ष्यभन्दा कम हो ।
विश्व बैंकले अघिल्लो साता सार्वजनिक गरेको प्रक्षेपणमा भने यो वर्ष नेपाली अर्थतन्त्रको वृद्धिदर ३ दशमलव ७ प्रतिशत रहने उल्लेख थियो । एशियाली विकास बैंकले उक्त वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
विभागले चालू आव २०७८/७९ को ६ देखि ९ महीनासम्मको आर्थिक क्षेत्रसँग सम्बद्ध आँकडा तथा सूचनाका आधारमा आर्थिक वृद्धिदरको अनुमान गरेको बिहीवार आयोजित पत्रकार सम्मेलन जानकारी दियो । आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको र त्यस अवधिमा जीडीपीमा प्रभाव पार्ने ठूलो कारक देखा नपर्ने तथा कोभिड–१९ को असर कम भएको आधारमा यो अनुमान सही साबित हुने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।
गत आव २०७७/७८ को आर्थिक वृद्धिदर भने उपभोक्ता मूल्यअनुसार ४ दशमलव ३ प्रतिशत रहने अनुमान विभागले गरेको छ । त्यसैगरी आव २०७६/७७ को वृद्धिदर २ दशमलव ४२ प्रतिशत ऋणात्मक रहेको अन्तिम अनुमान विभागले सार्वजनिक गरेको छ । हालसम्म सो वर्षको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक रहेको अनुमान गरिएको थियो ।
चालू आवमा कुल गार्हस्थ्य उत्पादनमा सेवा र द्वितीय क्षेत्रको योगदान केही बढ्न गएको विभागले जानकारी दिएको छ । तर, प्राथमिक क्षेत्रको योगदान घटेको छ । समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर तथ्यांक विश्लेषण गरिएको विभागको भनाइ छ ।
प्राथमिक क्षेत्रमा कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन क्षेत्र पर्छन् । ‘चालू आवको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २४ दशमलव ५ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ,’ विभागले भनेको छ । अघिल्लो आव २०७७/७८ को तुलनामा चालू आव २०७८/७९ मा प्राथमिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा २ दशमलव ४४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । चालू आवमा धानबालीको उत्पादनमा भएको ह्रासले गर्दा यस क्षेत्रको उत्पादनमा गत आवको भन्दा कम वृद्धिदर रहेको हो ।
चालू आवको कुल गार्हस्थ्य उत्पादनमा द्वितीय क्षेत्रको योगदान १३ दशमलव ७ प्रतिशत रहने प्रारम्भिक अनुमान विभागले गरेको छ ।
अघिल्लो आवको तुलनामा चालू आव २०७८/७९ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा १० दशमलव २९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । खासगरी माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन शुुरू, निर्माण कार्यमा वृद्धि तथा औद्योगिक उत्पादनमा वृद्धि आदिका कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव पारेको बताइएको छ । द्वितीय क्षेत्रमा उद्योग, विद्युत् तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्र पर्छन् । आर्थिक अभियान दैनिकमा विजय दमासेले खबर लेखेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...