×

NIC ASIA

स्थानीय चुनाव

उम्मेदवारी फिर्ताको समय सकिएपछि भरतपुरका बागीले भने– 'रूखमा पानी हाल्न बलि चढें'

बैशाख १६, २०७९

Prabhu Bank
NTC
Premier Steels

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले जनताका कारण आफूले उम्मेदवारी फिर्ता नगरेको बताएका छन् ।

Muktinath Bank

उम्मेदवारी फिर्ताको समय शुक्रवार साँझ ५ बजे सकिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै पौडेलले रूखमा पानी हाल्नका निम्ति बलि चढ्न तयार आफू भएको समेत बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी निर्णयविरुद्ध जाने व्यक्ति साधारण सदस्य समेत नरहने गरी निष्कासित हुने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री शेरबहादुर देउवासमेतले विशेष चासो राखेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेको भन्दै उनले आफूले नेताहरूको आग्रहलाई नकारेर जनताको आग्रह स्वीकारेको बताए । 

Vianet communication

लोकतन्त्र तथा पार्टीको विधान रक्षा गर्नका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

‘चुनावी अभ्यासमा रूख चिन्हको मात्रै ग्यारेन्टी गरेको छ,’ उनले भने, ‘भन्दा नेपाली कांग्रेस भन्ने अनि हँसिया हथौडामा भोट हाल भन्ने  ? यो कुराको वैधानिकता छैन, त्यसैले स्वीकार गरिनँ ।’

उनले पञ्चायतदेखि नै विद्रोह गर्दा कारवाहीमा परेको भन्दै अहिले पनि कारवाहीको डण्डाले आफूलाई रोक्न नसक्ने टिप्पणी गरे । 

उनले भने, ‘कारवाहीको डन्डाले रोक्न सक्दैन, रूखमा पानी हाल्नका निम्ति बलि चढ्न परे पनि हामी तयार भएका छौं ।’

आफूले निर्वाचनमा हार व्यहोरेपनि मूल्यमान्यताको राजनीतिमा नचुक्ने उनले बताए । 

पौडेलले गठबन्धन गरेर लोकतन्त्रलाई क्षति गर्छ भने केका लागि गठबन्धन गर्ने भन्दै प्रश्न समेत गरे ।  

‘हामीले गरेको गठबन्धन अत्यन्तै विकृत छ,’ पौडेलले भने, ‘आज एउटा पार्टीसँग गठबन्धन गर्ने भोलि उज्यालो हुन नपाउँदै अरूसँग घाँटी जोड्ने ?’

सत्ता गठबन्धनले भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई मेयरको आधिकारिक उम्मेदवार बनाएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x