×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरीमा एआईजी बढुवा प्रक्रिया शुरू

बैशाख १७, २०७९

NTC
Premier Steels

सशस्त्र प्रहरी बलमा १९ वैशाखदेखि रिक्त हुने अतिरिक्त महानिरीक्षक (एआईजी) पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।

Muktinath Bank

गृह मन्त्रालय बढुवा समितिको सचिवालयले आकांक्षीलाई आवश्यक कागजात बुझाउन शुक्रवार ढिलोमा ५ दिनको समय दिएर पदपूर्तिसम्बन्धी सूचना निकालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूचनामा १९ वैशाखदेखि अनिवार्य अवकाशमा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको सदस्य सचिवका हैसियतले दस्तखत गरेका छन् । त्यसदिन केसी र एआईजी रामशरण पौडेलले अनिवार्य अवकाश पाउँदैछन् ।


Advertisment
Nabil box
Kumari

आकांक्षीलाई आवश्यक काजजात बुझाउन ५ दिनको समय दिइएको भए पनि शनिवार र आइतवार सार्वजनिक बिदा परेको छ । सोमवार पनि सार्वजनिक बिदा दिने सम्भावना छ । त्यसैले आकांक्षीलाई मंगलवार १ दिन मात्र आवश्यक कागजात बुझाउन समय बाँकी रहने देखिएको छ ।

Vianet communication

गृह मन्त्रालय बढुवा समितिको सचिवालयले ३० चैतमा रिक्त एक एआईजी पदका लागि सूचना निकाल्दा आवश्यक कागजात बुझाउने नायब महानिरीक्षक (डीआईजी) हरूले नै योपटक कागजात बुझाउनेछन् । त्यस दिनको सूचनाअनुसार वरिष्ठतामा पहिलो नम्बरमा रहेका डीआईजी राजु अर्याललाई बढुवा समितिले एआईजीका लागि सिफारिस गरेको थियो । अर्यालले बुधबार सो दर्जाको दज्र्यानी चिह्न लगाएर कामसमेत थलिसकेका छन् । उनैले १९ वैशाखदेखि सशस्त्रको नेतृत्व हाँक्दैछन् ।

अहिले डीआईजीको वरिष्ठताक्रममा नारायणदत्त पौडेल पहिलो नम्बरमा छन् । दोस्रोमा चन्द्रप्रकाश गौतम र तेस्रोमा वंशी दाहाल छन् ।

पौडेल र गौतम अर्यालसँगै १३ कात्तिक २०७५ मा डीआईजीमा बढुवा भएका थिए । दाहाल भने पौडेल र अर्यालभन्दा १५ महिनापछि २२ माघ २०७६ मा डीआईजीमा बढुवा भएका थिए ।

अर्याल, पौडेल र दाहाल प्रहरी सेवामा सँगै १८ चैत २०५४ मा भर्ना भएका थिए । गौतम भने नेपाली सेनाबाट स्थानान्तरण भई आएका हुन् । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x