×

NMB BANK
NIC ASIA

सम्धीले हात नउठाए पनि ३६ वर्ष जनप्रतिनिधि

बैशाख २३, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

हरेक चुनावमा प्रचार र मतदानका शैली फेरिने गरेका छन् । २०२५ साल ताका हात उठाएर मतदान गरी वडा अध्यक्ष चुनिएर पटक–पटक गरी ३६ वर्ष जनप्रतिनिधि रहेका आसबहादुर लामा त्यही फेरिएको चुनावी शैलीप्रति गुनासो गर्छन् । 

Muktinath Bank

नौ दशक पुग्न लाग्नुभएका उनले आफू पहिलो पटक निर्वाचित हुँदा र अहिलेको चुनावी शैलीको तुलना गर्दैै भने, “अहिले त चुनाव सारो भड्किलो पो भयो । मुठ्ठाको मुठ्ठा पैसा खर्च गर्नुपर्ने अवस्था छ । म ३६ वर्ष जनप्रतिनिधि हुँदा एक रुपियाँ पनि खर्च नगरी निर्वाचित हुने गरेको थिएँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१९८९ असारमा गोरखामा जन्मिएका लामा चितवनमा पहिलो पटक हात उठाएर निर्वाचित हुँदा सम्धीको मत पाएका थिएनन् ।


Advertisment
Nabil box
Kumari

तत्कालीन शारदा नगर गाउँ पञ्चायतको वडा नम्बर २ किरणगञ्जमा रहेका ३७ जना स्थानीयवासीको भेलाले हात उठाएर उहाँलाई वडा अध्यक्ष चुनेका थिए । उनले भने, “त्यस्तै २५ सालतिरको कुरा होला गाउँमा वडा अध्यक्ष बनाउने कुरा भयो । मलाई अध्यक्ष बनाउन भेला भएका सबैले हात उठाए तर एक जनाले उठाउनुभएन । उहाँ मेरै सम्धी हुनुहुन्थ्यो । उहाँलाई पनि अध्यक्ष हुन मन रैछ । सबैले हात उठाएपछि मात्र सम्धीले पनि सहयोग गर्नुभयो ।”

Vianet communication

त्यसपछि लामा लगातार नौ वर्ष वडा अध्यक्ष र पटक–पटक प्रधानपञ्च तथा गाविस अध्यक्ष भए । उनले प्रतिनिधित्व गरेका वडा र स्थानीय तह अहिले परिवर्तन भएका छन् । उनी प्रधानपञ्च बनेको शारदानगर गाउँ पञ्चायत २०४६ को राजनीतिक परिवर्तनपछि गाउँ विकास समिति भयो । त्यसमा पनि उनी दुई कार्यकाल अध्यक्षमा निर्वाचित भनए । २०६९ मा चित्रवन नगरपालिका हुँदै अहिले भरतपुर महानगरका वडा नम्बर १९ र २० भएका छन् ।

सुरुमा पञ्च र पछि काँग्रेस भएका लामाको नाम वडा अध्यक्षदेखि प्रधानपञ्च हुँदै गाविस अध्यक्षसम्म काम गर्दा आफैँले शारदानगरमा विभिन्न बाटोघाटो निर्माण, शारदानगरमा कलेज र स्कुल निर्माण, खगेरी नहर सिँचाइ विस्तारलगायतका विकास निर्माणमा दरिएको छ । विशेष रूपमा भरतपुरबाट पश्चिमतर्फ मेघौली, सिमरीटाउन जाने बाटो निर्माणमा उनको लगानी ठूलो छ । 

“गाविस हुँदा पनि शारदानगरलाई जिल्लाकै नमुना बनाएको थिएँ,” उनले भने । उनले आफू सुरुदेखि नै अन्याय र अत्याचारविरुद्ध रहेको उल्लेख गर्दै गल्ती गर्नेलाई त्यसै नछाड्ने बताए । उनले भने, “छिमेकीको गोरुले मेरो ससुराको मकै खाएछ । त्यसमा टोलछिमेकका गन्यमान्यको भेला बसेर छिमेकीलाई १० रुपियाँ जरिवाना लगाए । त्यो जरिवना तिनै गन्यमान्यले बाँडेर लिए ।” 

त्यो थाहा पाएर आफू समाजसेवामा लागेको बताउँदै प्रवेश गर्दाको दोस्रो प्रसङ्ग सुनाए, “कुनै पनि झगडा तथा मुद्दा मिलाउन भाले काट्ने, रक्सी खुवाउनैपर्ने हुन्थ्यो तर मैले त्यो सबै रोकेँ ।” गोरखाका आसबहादुर चितवनमा जनप्रतिनिधि हुँदाको बेग्लै रोचक घटना छ । २०१३ सालताका चितवनमा पुनर्बास कार्यक्रम चलेको थियो । त्यसै मेसोमा बाढीपहिरोपीडित १७ गाउँलेसहित उनी चितवन झरे । 

उनले भने, “राप्ती दुन परियोजनाअन्तर्गत चितवनमा पुनर्बास सुरु भएका बेला यहाँ एक मोहोरको कुपन किन्दा पाँच बिघाको प्लट जग्गा आउँथ्यो । चितवन त आइयो तर मेरो बिहे भएको थिएन । बिहे नभई त्यो कुपन नपाइने । त्यसो भएपछि मैले एक जना नेवार्नी दिदीलाई एक मोहोर पैसामै अस्थायी श्रीमती बनाएर जग्गा दर्ता गरेर चितवनको स्थायी बासिन्दा बनेँ ।”

बसाइँ सरेको एकै वर्षमै २०१४ सालमा उनी भारतीय सेनामा जागिर खान गए । सात वर्ष त्यहाँ काम गरेर नेपाल फर्किएपछि उनी फेरि भारत गएनन् । उनले नेपालमै जागिर पाएका थिए र त्यो भारतीय सेनामा पाउनेभन्दा सय रुपियाँ बढी थियो । 

उनले भने, “भारतीय सेनामा हुँदा मेरो तलब ४० रुपियाँ थियो तर नेपालमै एक सय चालीस रुपियाँ जागिर पाएपछि म भारत नफर्की यतै जागिर गर्न थालेँ ।” उनले थपे, “म नेपाल फर्कंदा रामपुर कृषि क्याम्पस स्थापना भइसकेको थियो । त्यहीँ इन्सपेक्टरका रूपमा मैले झन्डै पाँच वर्ष काम गरेँ ।” पाँच वर्षपछि त्यहाँ पनि आफूलाई काम गर्न मन नलागेपछि जागिर छाडेर समाज सेवातर्फ आफू केन्द्रित भएको उनले बताए । अहिलेको राजनीतिक र चुनावमा समाजसेवाको भावना नै नरहेको उनको अनुभव छ । 

चुनावमा उम्मेदवार भएर जाँदा सर्वसाधारण जनताले नै चिया, खाजा, खाना खुवाउने गरेको सम्झना सुनाउँदै उनले भने, “उहिल्यैका कुरा खुलियो भन्छन् तर अहिले त उम्मेदवार बन्नै पैसो बुझाउनुपर्ने भन्ने आयो । टिकट पाएपछि पनि दिनदिनै भोजभतेर । यसरी निर्वाचित जनप्रतिनिधिले कसरी स्वच्छ तरिकाले काम गर्न सक्ला ?”

अहिलेको खर्चिलो राजनीति रोक्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, “जेमा पनि पैसा चाहिन्छ । सम्पत्ति नहुने चुनाव लड्न सक्दैन । मेरो हिजो जति जग्गा थियो, अहिले पनि उत्तिकै छ । न त मैले चुनावमा खर्च गरेँ न त कुनै भ्रष्टाचार नै गरेर सम्पत्ति जोडेँ ।”उनले अहिले जनता पनि चोट्टा नेता पनि चोट्टा भन्दै थपे, “नेताले पैसा नदिए जनताले कसरी लिन्छन् ? नेता इमानदार भएनन् जनता पनि उस्तै ।”  गोरखापत्र दैनिकमा वसन्त पराजुलीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x