×

NIC ASIA

राप्रपा नष्ट हुन्छ तर भ्रष्ट हुँदैन : राजेन्द्र लिङ्देन

बैशाख २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले पार्टीलाई ‘नष्ट हुन दिने तर भ्रष्ट हुन चाहिँ नदिने’ बताएका छन् । अहिलेसम्म ठुला भनिएका एमाले र काँग्रेसका जनप्रतिनिधिहरुले कर बढाउने र भ्रष्टाचार गर्ने बाहेक केही काम गर्न नसकेको आरोप लगाए । 

Muktinath Bank

शनिबार पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले आयोजना गरेको विशेष चुनावी आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जनतालाई भ्रष्ट व्यक्तिहरुलाई चुनावमा हराउन आह्वान गरे । ‘पोखरामा अहिलेसम्म राप्रपाले राम्रो मत ल्याउन सकेको छैन । यो पटक राप्रपाका उम्मेदवारहरूलाई भोट हालेर जिताउनुहोस्, महानगर भ्रष्टाचारमुक्त हुने कुराको जिम्मा म लिन्छु,’ लिङ्देनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लिङ्देनले हल्लाखल्ला बिनै खुसुक्क राप्रपालाई मत दिन मतदाताहरुसमक्ष आग्रह गरे । ‘मतदाताहरुले राप्रपाको चुनाव चिन्हमा छाप लगाएर एमाले र काँग्रेसलाई पत्तासाफ बनाउन म आग्रह गर्दछु । जम्मा एकचोटी राप्रपालाई जिताईदिनुहोस्,’ लिङ्देनले भने–‘अर्को पटकबाट हाम्रा उम्मेदवारहरु यसो गर्छु भन्दै तपाईकहाँ भोट माग्न आउनेछैनन् । बरु हाम्रा जनप्रतिनीधिले गरेका कामहरु देखेर जनताले स्वतस्फूर्त रुपमा हामीलाई नै निरन्तर भोट दिनेछन् ।’


Advertisment
Nabil box
Kumari

राप्रपा केन्द्रीय अध्यक्ष लिङ्देनले आफ्नो चुनावी क्षेत्रको उदाहरण दिँदै भने–‘झापामा मेरो क्षेत्रका मतदाताहरुसँग मैले अब भिख मागेजसरी भोट मागिरहन जरुरी छैन । मेरो काम देखेरै त्यहाँका मतदाताहरुले स्वतस्फूर्त रुपमा भोट दिन लालायित छन् ।’ लिङ्देनले भने, ‘त्यसैले त्यस क्षेत्रमा एमाले र काँग्रेस राप्रपासँग अहिले टक्कर लिनै सक्दैनन् ।’

Vianet communication

त्यस्तै अर्को सन्दर्भमा लिङ्देनले आफू बाँचुञ्जेल भ्रष्टाचारविहिन राजनीतिमा समर्पित हुने बताए । उनले आफू यो जुनीमा मात्रै नभएर अर्को जुनीमा पनि ईमानदारिताको राजनीति गर्ने बताए । 

लिङ्देनले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको बताउँदै केही समयमै पार्टीले देशकै सबैभन्दा ठुलो पार्टीको आकार लिने दाबी समेत गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x