फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि सङ्घ, प्रदेश र स्थानीय तहले उठाउन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गरेको छ ।
आयोगले सङ्घीय सरकारका लागि कुल गार्हस्थ्य उत्पादनको ५.५ प्रतिशतको सीमा दिएको छ भने प्रदेश र स्थानीय तहलाई भने सम्बन्धित सरकारको आन्तरिक स्रोतको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण परिचालन गर्न सीमा सिफारिस गरेको छ ।
अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, प्रदेश सरकार र स्थानीय सरकारको छलफलको आधारमा आन्तरिक ऋण परिचालन गर्ने सीमा निर्धारण गरिएको आयोगले जनाएको छ ।
नेपाल सरकारले तत्कालको आर्थिक स्थिति, प्रदेश तथा स्थानीय तहले परिचालन गर्ने आन्तरिक ऋणको परिमाण र बजार स्थितिसमेत विश्लेषण गरी तीनै तहले उठाउने कुल आन्तरिक ऋण ५.५ प्रतिशत नबढ्ने गरी सुनिश्चित गरी परिचालन गर्न सिफारिस गरिएको आयोगले जानकारी दिएको छ ।
प्रदेश र स्थानीय तहलाई कानुनी समस्या
आयोगका अनुसार प्रदेश र स्थानीय सरकारसँग आर्थिक सूचकको कमी र आन्तरिक ऋण लिन आवश्यक पर्ने थप कानुनी, संरचनात्मक र प्रक्रियागत व्यवस्था नभएकाले ऋण उठाउन सकेको छैन ।
आयोगका प्रवक्ता कृष्णबहादुर बोहोराले कानुन तयार भइनसकेका कारण प्रदेश र स्थानीय तहले ऋण उठाउन नसकेको बताए । सङ्घीय सरकारले चालू आर्थिक वर्ष दुई खर्ब ३९ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ । प्रदेश सरकारले सुरुदेखि नै आन्तरिक ऋण परिचालन गर्ने प्रयास गरिरहेका भए पनि सफल हुन सकेका छैनन् ।
आ.व २०७५/७६ मा मधेस प्रदेशले एक अर्ब रुपियाँ, गण्डकी प्रदेशले ८० करोड र कर्णाली प्रदेशले एक अर्ब रुपैयाँ आन्तरिक ऋणबाट खर्च व्यहोर्ने गरी बजेटमा अनुमान गरेका थिए । यस्तै आ.व २०७६/७७ मा मधेस प्रदेशले एक अर्ब ३० करोड रुपियाँ, गण्डकी प्रदेशले ९८ करोड ८३ लाख रुपैयाँ र कर्णाली प्रदेशले ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट खर्च बेहोर्ने गरी बजेटमा अनुमान प्रस्तुत गरेका थिए ।
आ.व २०७७/७८ मा प्रदेश १ ले पाँच अर्ब, मधेस प्रदेशले एक अर्ब, लुम्बिनी प्रदेशले दुई अर्ब सात करोड तथा गण्डकी प्रदेशले दुई अर्ब आन्तरिक ऋण परिचालन गर्ने गरी बजेट सार्वजनिक गरेका थिए । प्रदेश सरकारले आन्तरिक ऋण परिचालनको लक्ष्यसहित आय–व्यय विवरण पेस गरे पनि हालसम्म ऋण उठाउन नसकेको आयोगका प्रवक्ता बोहोराले बताए ।
अनुत्पादक क्षेत्रमा खर्च गर्न नपाइने सार्वजनिक ऋणको उद्देश्य स्पष्ट हुनुपर्ने, आन्तरिक ऋण उठाउँदा उच्च तथा दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिका लागि ऋण उठाउन पाइने आयोगको सुझाव छ ।
पुँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील, रोजगार मूलक तथा आन्तरिक आय बढाउने क्षेत्रमा ऋण परिचालन गर्ने, ऋण लगानी गरी सञ्चालन हुने योजनाबाट प्राप्त हुने प्रतिफलबाट योजनामा गरिएको ऋण लगानीको सावाँ र ब्याज भुक्तानी गर्ने आयोगको सुझाव छ ।
यसरी उठाइएको ऋण प्रशासनिक खर्च र अनुत्पादक क्षेत्रमा खर्च गर्न नपाइने व्यवस्था छ । राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न अर्थतन्त्र सुदृढ गर्ने कार्यमा सार्वजनिक, निजी, सहकारी र अन्य क्षेत्र बीचको सहभागिता तथा साझेदारी बढाउन मद्दत पुग्ने गरी तीनै तहका सरकारबीच समन्वय गरी ऋण परिचालन गर्नुपर्ने व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले खबर लेखेकी छन् ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...