×

NMB BANK
NIC ASIA

आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि

बैशाख २६, २०७९

NTC
तस्वीर सौजन्य : राजधानी दैनिक
Premier Steels

काठमाडौं । स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेमा सत्तापक्ष अगाडि देखिएको छ । सरकारमा रहेर निर्वाचन आचारसंहिता कडाइ गर्न र पालना गर्न सहयोग गर्नुपर्नेमा सबैभन्दा बढी उल्लंघन गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा नै देखिएका छन् ।

Muktinath Bank

आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री देउवाको चर्को आलोचना भइरहँदा पनि निर्वाचन आयोगले नोटिसमा राख्ने काम मात्रै गरेको छ । गत बुधबारबाट निर्वाचन उल्लंघन गर्न उद्दत देखिएका प्रधानमन्त्री देउवाले सरकारी खर्चमा हेलिकोप्टरसम्म प्रयोग गरेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई आफू पार्टीको कार्यक्रममा जान लागेको जानकारी गराए पनि उनी सरकारी खर्चमा चुनावी देश दौडाहमा हिडिँरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगका कर्मचारीका अनुसार प्रधानमन्त्रीबाट सुरक्षाकर्मीको स्कर्टिङबिना केवल निजी सुरक्षाकर्मी (पीएसओ) मात्रै लिएर जान लागेको र कुनै पनि सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी पार्टीको कार्यक्रममा जाने भनी सूचित गरिएको थियो । तर, शनिबार भएको चुनावी सभामा प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टर प्रयोग गरेर तीन जिल्लाको कार्यक्रममा सहभागी भए ।


Advertisment
Nabil box
Kumari

बुटवलको सभामा उनले सम्बोधन गर्दै गठबन्धनको पक्षमा आम मतदातासँग भोट मागे । साथै सत्तारूढ दललाई चुनाव जिताउन आह्वान नै गरे । बुटवलको चुनावी सभा सकेर उनी तनहुँको दमौली, धनुषाको जनकपुरमा चुनावी कार्यक्रममा सहभागी भए ।

Vianet communication

आइतबार पुन प्रधानमन्त्री देउवा पोखराको चुनावी सभामा सहभागी बने । देउवाले पोखराको चुनावीसभामा गठबन्धनलाई जसरी जिताउनुपर्ने कुरा दोहो¥याए । प्रधानमन्त्रीकै हैसियतमा देउवाले मतदातासँग गठबन्धनको उम्मेदवारसँग भोट मागे ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद–३ मा नेपाल सरकार, प्रदेश सरकारमन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने प्रस्ट उल्लेख गरिएको छ । आचारसंहितामा प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने उल्लेख छ ।

निर्वाचन आचारसंहित मिच्ने प्रधानमन्त्री मात्रै भने होइनन् । सत्ता गठबन्धनमा रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा २० वैशाखमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा हेटौंडा पुगेका थिए । स्वास्थ्यमन्त्रीले गठबन्धनको कार्यक्रममा जाँदा मन्त्रालयकै गाडी प्रयोग गरेका थिए ।

यस्तै, भरतपुरका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुगेका थिए । १४ वैशाखमा गृहमन्त्री खाँण भरतपुरका थिए भने १५ वैशाखमा राज्यमन्त्री श्रेष्ठ भरतपुर पुगेका थिए ।

सत्तारूढ गठबन्धनले निर्वाचन आचारसंहिता उल्लंघन गर्दासमेत निर्वाचन आयोग मूकदर्शक बसेको भन्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रश्नसमेत गरेका छन् । तर, आयोगले सत्तारूढ दलका नेताहरूले आचारसंहिता उल्लंघन गरेको विषयलाई नोटिस गरिएको मात्रै बताएको छ । हालसम्म आयोगले सत्तारूढ दल समर्थित नेतालाई स्पष्टीकरण सोध्न सकेको छैन ।

बरु निर्वाचन आयोगले आचारसंहितामा थप व्याख्या गरेर सत्तापक्षलाई निर्वाचनको प्रचारप्रसारमा सहयोग मिल्ने काम गरिदिएको छ । निर्वाचन आचारसंहिताको परिच्छेद–३ अनुसार सरकारमा सहभागी प्रधानमन्त्री, मन्त्रीलगायतले सरकारी सेवासुविधा लिएर चुनावी प्रचारप्रसार गर्न रोक लगाएको छ ।

तर, आयोगले ‘सरकारी सुविधा त्यागेर व्यक्तिगत रूपले जान बाधा नहुने’ व्याख्या गरिदियो र त्यसका लागि ‘आयोगसँग अनुमति लिनुपर्ने’ व्यवस्था थप्यो । आयोगको यही नीतिको लाभ लिँदै प्रधानमन्त्री देउवालगायत चितवनको आमसभामा गए र नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाललाई मत मागे ।

स्रोतका अनुसार निर्वाचन आयोगले सत्तारूढ गठबन्धनका दललाई स्पष्टीकरण सोध्न सकेको छैन । यसअघि चितवनमा भएको आमसभामा सहभागी भएको विषयमा आयोगमा परेको उजुरीमा कुनै कारबाही गर्न सकेन बरु सभामा जानका लागि अनुुमति दियो । जसका कारण अहिले मन्त्रीदेखि प्रधानमन्त्रीसम्म हाकाहाकी भोट मागेर हिँडिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x