×

NIC ASIA

इमान हराएकाहरूलाई भोट नदिनुस् : राप्रपा अध्यक्ष लिङ्देन

बैशाख २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई आग्रह गरेका छन् ।

Muktinath Bank

राप्रपा भक्तपुरले चाँगुनारायणमा सोमवार आयोजना गरेको चुनावी सभामा उनले देशको विकास गर्नसक्ने, आफ्नो गाउँको विकास गर्नसक्ने नेता र दललाई रोजेर भोट हाल्न मतदातालाई आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘अस्ति देखापढी गरेर हामीलाई एकचोटी भोट दिनुस्, अर्कोचोटी तपाईंलाई दिन्छौं भनेर भोट लिएर सांसद, मन्त्री हुने र जनतालाई धोका दिएर केही नगर्ने इमान नभएका व्यक्ति हुन्, त्यस्तालाई भोट नदिनुस्, जनताको साथमा हुने नेतालाई मात्रै भोट दिनुहोस् ।’


Advertisment
Nabil box
Kumari

उनले चाँगुनारायणको विकासमा स्थानीय सरकारको ध्यान नपुगेको टिप्पणी गर्दै काठमाडौं उपत्यकाभित्र भएर राजधानीसँग जोडिएर भक्तपुर जिल्लाको विकासको हालत देख्दा विरक्त लागेर आएको बताए ।

Vianet communication

जनताले यहाँ बाटो चाहियो, यस्तो चाहियो, उस्तो चाहियो भनेर गुनासो गर्ने ठाउँ राप्रपाले नदिने भन्दै उनले राप्रपाले कसरी विकास गर्छ भनेर नमूना हेर्न नेपालगञ्ज उपमहानगरपालिका नै काफी भएको जिकिर गरे ।

राप्रपा एक मात्रै वैकल्पिक शक्ति भएकाले अब एक पटक राप्रपालाई हेर्न आग्रह गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘भोट त एक पटक राप्रपालाई नै दिन मन थियो तर आफू अर्कै पार्टीको परियो भनेर धक नमान्नुस्, आफ्नै पार्टीको झण्डा समाउनुस् तर भोट एक पटक हामीलाई दिनुस् ।’

कार्यक्रममा राप्रपाबाट चाँगुनारायण नगरपालिकाका प्रमुखका उम्मेदवार रवीन्द्रप्रताप शाहले आफू विजयी भएमा शिक्षा, स्वास्थ्य सेवा निःशुल्क, युवायुवतीका लागि रोजगार, किसानलाई पेन्सनको व्यवस्था गर्ने, बाटो, खानेपानी र जनताको आधारभूत आवश्यकता पूरा गर्ने र भेदभावरहित समाजको निर्माण गर्ने बताए ।

राप्रपाले भक्तपुरमा ४ वटै नगरपालिकामा आफ्नो उम्मेदवारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x