×

NMB BANK
NIC ASIA

नेपाली मुद्राको अवमूल्यन उच्च

बैशाख २८, २०७९

NTC
Premier Steels

अमेरिकी  डलरको  तुलनामा  नेपाली  मुद्रा  अवमूल्यन इतिहासकै उच्च अवस्थामा पुगेको छ ।

Muktinath Bank

नेपाल  राष्ट्र  बैङ्कले  मङ्गलबारका  लागि  सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको बिक्री दर १२४ रुपियाँ २५ पैसा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतसँग स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन भएपछि नेपाली मुद्रा पनि स्वचालित रूपमा कमजोर बनेको हो ।


Advertisment
Nabil box
Kumari

भारतीय रुपियाँ  एक  सयको  नेपाली  रुपियाँ  १६०  स्थिर  विनिमय दर छ । अन्तर्राष्ट्रिय  बजारमा  डलरको  माग  उच्च  हुँदै गएकाले डलरको मूल्य बढेको र अन्य मुद्राको अवमूल्यन भएको हो ।

Vianet communication

अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा डलर अझै महँगिने आकलन अर्थशास्त्रीहरूको छ ।

डलर  महँगो  हुँदा  नेपाली  अर्थतन्त्रलाई  समग्रमा  नोक्सानी  नै  हुने  आँकलन  नेपाल  राष्ट्र  बैङ्कका  पूर्वगभर्नर  डा.  चिरञ्जीवी  नेपालको  छ ।

“आयातमुखी अर्थतन्त्र भएकाले हामीलाई थप समस्या पर्ने देखिन्छ, यसै त विदेशी मुद्रा सञ्चिति खस्केको छ, यही बेला डलर बलियो बन्दा खरिदमा अझै बढी खर्चनुपर्ने भएको छ । यसबाट मूल्यवृद्धि दोहोरो अङ्कसम्म पुग्न सक्छ,” उनले भने ।

यसले  निर्यातमा  सकारात्मक  प्रभाव  पार्ने  सक्ने भए पनि नेपालको निर्यात ज्यादै कम रहेकाले त्यसको लाभ कम हुनसक्छ । डलर  महँगो  हुँदा  रेमिट्यान्स  भित्रिने  क्रम  बढ्छ  भने  पर्यटक  आगमन  बढ्न  लागेकाले  केही फाइदा अर्थतन्त्रलाई हुन सक्छ । तर समग्रता आयात उच्च भएकाले नकारात्मक प्रभाव नै बढी रहने डा. नेपालको ठम्याइ छ ।

अमेरिकाको  केन्द्रीय  बैङ्कले  आधार  दर  ०.५ प्रतिशतले वृद्धि गर्दा अमेरिकामै डलरको माग बढ्न  थालेको  बताइएको  छ  ।  

साथै  अमेरिकामै  लगानी प्रोत्साहनका कार्यक्रम आएपछि अमेरिकी अर्थतन्त्रमै  लगानी  विस्तार  हुँदाको  असर  पनि  डलर बलियो बन्दै गएको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले बताए ।

“रुस–युक्रेन युद्धका कारण पनि अन्तर्राष्ट्रिय लगानीकर्ताले डलर सञ्चतिलाई नै प्राथमिकतामा राखेकाले  पनि  डलर  बलियो  भएको  हो,  डलर  बलियो   बन्नेक्रम   अझै   बढ्न   सक्छ,”   उनले भने ।

डलर महँगो हुँदा अर्थतन्त्रमा पर्ने नकारात्मक असरबाट  जोगिन  राष्ट्र  बैङ्क  अझै  चनाखो  बन्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै डा. नेपालले आयात निरुत्साहनका लागि राष्ट्र बैङ्कले चालेका कदम अझै प्रभावकारी बनाउन सुझाव दिए ।

“विदेशका  समस्याले  नेपाली  अर्थतन्त्रमा  परेका नकारात्मक असरको मात्रा बढ्दै गएकाले त्यसको  दीर्घकालीन  उपाय  कार्यान्वयनमा  सबै  सरोकारवाला लाग्नुपर्छ, अब निर्यात बढाउने उपाय खोजेर अर्थतन्त्रलाई बलियो बनाउनैपर्छ,” उनको सुझाव छ । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x