०३ साउन २०८३, आइतबार

माओवादी नेता दीपशिखाको विश्लेषण : कांग्रेसले १०० र माओवादीले ५० सिट बढाउँदा एमालेलाई १०० सिट घाटा

बैशाख ३१, २०७९
माओवादी नेता दीपशिखाको विश्लेषण : कांग्रेसले १०० र माओवादीले ५० सिट बढाउँदा एमालेलाई १०० सिट घाटा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले अघिल्लो निर्वाचनको तुलनामा यस पटक कांग्रेसले १०० सिट र माओवादी केन्द्रले ४० देखि ५० सिट थप्ने बताएका छन । 

मत गणनाको प्रारम्भिक नतिजा विश्लेषण गर्दै सापकोटाले एमालेले भने अघिल्लो निर्वाचनको तुलनामा १०० सिट घटाउने बताएका छन् । 

२०७४ को स्थानीय तहको निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । एमालेले २९४ स्थानीय तहमा जितेको थियो भने कांग्रेसले २६६ स्थानीय तहमा जितेको थियो । 

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा १०६ स्थानीय तहमा जित निकालेको थियो । 

सापकोटाको विश्लेषण अनुसार यस पटकको स्थानीय तह निर्वाचनको नतिजा आउने हो भने कांग्रेसले करीब ३६० को हाराहारीमा जित निकाल्ने छ । 

माओवादी केन्द्रले १५० स्थानीय तहमा जित्नेछ भने एमालेको जित २०० स्थानीय तहको हाराहारीमा सीमित हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्