
मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
मेयरमा एमालेका भुपेन्द्र कुमार लावतीले २ हजार २५९ मत ल्याउँदा कांग्रेसका लोकेन्द्र ढकालले १ हजार ६८२ मत पाएका छन् ।
उपमेयरमा एमालेकी कृष्ण कुमारी पोख्रेलले २ हजार १६० मत प्राप्त गर्दा
माओवादी केन्द्रका कृष्ण प्रसाद लम्सालले १ हजार १४० मत पाएका छन् ।
यस्तै रतुवामाई नगरपालिकाको मेयरमा काँग्रेसका नागेश्वर प्रसाद सिंहले २ हजार ७४८ मत पाएका छन् । एमालेका दुर्गा कुमार विष्टले २ हजार ३०० मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकी दयन्ता देवी चुडालले १ हजार ८३८ मत ल्याएकी छिन् भने
माओवादी केन्द्रका सुमन कालिकोटेले १ हजार ५९० मत ल्याएका छन् ।