
काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।
सोमबार विहान ११ः३० बजेसम्मको मतगणनाअनुसार साहले ६ हजार ६९२ मत पाएका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ५६२ मत ल्याएर पछ्याइरहेका छन् ।
पाँच दलीय गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले भने ३ हजार १२६ मत पाएकी छन् ।
काठमाडौंमा वडा नम्बर १ र २ को गणना सम्पन्न भएको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ वडाको मत गणना जारी छ ।