२२ असार २०८३, सोमबार
स्थानीय चुनावकाे नतिजा

मध्यपुर थिमि नगरपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादीको जीत

मध्यपुर थिमि नगरपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादीको जीत

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।

सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतले पराजित गरे ।

सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गर्दा मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरे । श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे । नेपालले ८९६३ मत पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्