
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको मत १७ हजार नजिक पुगेको छ ।
४३ हजार ३४८ मत गन्दा बालेनले १६ हजार ९४३ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ७९८ मत पाएका छन् ।
स्थापितभन्दा बालेनले ८ हजार १४५ मत बढी ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ८९५ मत ल्याएकी छन् ।