२२ असार २०८३, सोमबार
स्थानीय चुनावकाे नतिजा

रौतहटको चन्द्रपुरमा कांग्रेसका काफ्ले बने नगरप्रमुख, उपप्रमुखमा चौधरी

रौतहटको चन्द्रपुरमा कांग्रेसका काफ्ले बने नगरप्रमुख, उपप्रमुखमा चौधरी

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

मेयरमा कांग्रेसका सन्जयकुमार काफ्ले नगरप्रमुखमा ९ हजार १ सय ६३ मत सहित निर्वाचित भएका छन् । 

उनका  निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाए । 

नगरप्रमुखमा जितेका काफ्ले चन्द्रपुर–५ का निवर्तमान वडा अध्यक्ष हुन् ।

उपमेयरमा कांग्रेसकै जयमाला चौधरी  ११ हजार ३ सय ७८ मत सहित निर्वाचित भएकी छन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६ सय ४० मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्