०३ साउन २०८३, आइतबार

काठमाडौं-८ मा आफ्नो पक्षमा धेरै भोट आएपछि मतगणनास्थल पुगिन् सिर्जना

जेठ ५, २०७९
काठमाडौं-८ मा आफ्नो पक्षमा धेरै भोट आएपछि मतगणनास्थल पुगिन् सिर्जना

काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंह मतगणनास्थलमा पुगेकी छन् । 

गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिंह वडा नं. ८ को मतगणना भइरहेका बेला बिहीवार मतगणनास्थल राष्ट्रिय सभा गृह पुगेकी हुन् । 

पछिल्ला मतपरिणाममा तेस्रो स्थानमा रहेकी सिंहको ८ नम्बरमा धेरै भोट आएपछि उनी मतगणनास्थल पुगेको बताइएको छ । 

पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २२ हजार ८४२ मत पाएका छन् । दोस्रोमा एमालेका केशव स्थापितले  ११ हजार ७६९ मत ल्याएका छन् भने सिंह १० हजार ९८६ मतका साथ तेस्रो स्थानमा छिन् । 

salt training

कमेन्ट गर्नुहोस्