०३ साउन २०८३, आइतबार

भरतपुरको मेयरमा दाहालको अग्रता कायमै, कसको मत कति ?

भरतपुरको मेयरमा दाहालको अग्रता कायमै, कसको मत कति ?

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

कुल ५५ हजार ६८० मत गणना हुँदा भरतपुरमा दाहालले २१ हजार ८५ मत पाएकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १७ हजार ८१८ मत पाएका छन् । 

सुवेदीसँग दाहालले ३ हजार २६७ मतको अग्रता कायम राखेकी छिन् । 

यस्तै नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ मत पाएका छन् । 

उपमेयरमा नेपाली कांग्रेका चित्रसेन अधिकारीले २३ हजार ४८७ मतसहित अग्रता कायम राखेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्