×

NMB BANK
NIC ASIA

पूर्व बजेट छलफल

अर्थमन्त्रीलाई गगन थापाको सुझाव– नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश मात्रै भयो, उत्पादन दशक घोषणा गरौं

जेठ ६, २०७९

NTC
Premier Steels

नेपालमा लत्ताकपडादेखि भान्सामा प्रयोग हुने सामानसम्मका अधिकांश सामान आयातबाटै परिपूर्ति हुन्छ । नेपालीले आफ्ना छोराछोरी विदेश पठाउने र पैसा भित्र्याएर सामान किन्ने प्रवृत्ति बढिरहेको विषय संसद सदस्य गगन थापाले संसदमा उठाएका छन् ।

Muktinath Bank

नेपाली विदेशिने र सामान मात्रै आयात हुने विषयसँग जोडेर उनले भने, ‘नेपाल मान्छे बेच्ने, माल सामान किन्ने देश भएको छ । यसैमा नेपालीको घरधन्दा चलेको पनि छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशमा आयात बढेको र निर्यात नभएको विषयसँग जोडेर थापाले भने,'सरकारले १० वर्षे योजना बनाएर आयात प्रतिस्थापनमा गर्न सक्छ । सरकार भन्सार राजस्व लिने मात्रै होइन्, नेपाली उत्पादन प्रवद्र्धन गर्नमा पनि लाग्ने हो । यसले नेपाली उद्योगको प्रवर्द्धन हुन्छ ।'


Advertisment
Nabil box
Kumari

यसका लागि तात्कालिन र दीर्घकालीन योजना बनाउनुपर्नेमा उनले जोड दिए । सरकारले उत्पादन बढाउने, निर्यात प्रवर्द्धनमा भन्सार छुटको व्यवस्थासहितको एक दशकको योजना बनाउनुपर्ने थापाले बताए ।

Vianet communication

आयात कम गर्दै उत्पादन बढाउन सकिने र निर्यातका संभावना भएका १० वटा क्षेत्र छनोट गरेर आफ्नो पार्टी कांग्रेसले सरकारलाई सुझाव दिइसकिएको थापाले बताए । यस्तो सुझाव अनुसार सरकारले २०७९ देखि २०८९ सम्म उत्पादन दशक मनाउने याेजना ल्याउनुपर्ने थापाकाे भनाई छ ।

सरकारले १० वर्ष काम गर्ने गरी औद्योगिक क्षेत्रको छनोट गर्नुपर्ने उनले बताए । यस्तो उद्योग छनोट गर्नका लागि उद्योग मन्त्रालयले अगुवाइ गर्ने र सबैले समर्थन गर्ने हो भने  योजना सजिलै पूरा गर्न सकिने उनकाे भनाई छ । 

का‌ंग्रेसले धागो, जुत्ता, निर्माण सामग्री, कृषि, खाद्यान्न, वन पैदावार र जडिबुटी, हस्तकला तथा नयाँ अवसरका क्षेत्र पहिचान गरेर सरकारलाई सुझाव दिइएकाे थापाले बताए । यी क्षेत्रमा सरकारले सफ्ट पोलिसी बनाएर भन्सार दर १० वर्षसम्म छुट दिएर उत्पादन बढाउँदै निर्यात बढाउन सकिने थापाकाे सुझाव छ । 

उनले तथ्यांक नै पेश गरेरै भने ‘नेपालमा वार्षिक ९ करोड जोर जुत्ता खपत हुन्छ । उत्पादन भने ४ करोड जोर मात्रै छ । ५ करोड जोर विदेशबाट आउँछ । नेपालमै जुत्ता उत्पादनको क्षमता भने १६ करोड जोरसम्मको छ ।’ क्षमता हुँदाहुँदै पनि बाहिरबाट न्यून भन्सार मूल्यांकन भएर आउने जुत्ताको दबदबा बढिरहेकाले नेपाली जुत्ता उद्योगले बजारमा प्रतिस्पर्धा गर्न नसकेको संसदमा थापाले बताए ।

नेपालमा आउने कपडामा पनि न्यून मूल्यांकन हुने गरेको, चोरी पैठारीबाट आउने भएकोले नेपाली उद्योग टिक्न नसकेको उनले बताएका छन् । यसका लागि सरकारले न्यून भन्सार मूल्यांकन र चोरी पैठारी रोक्नुपर्ने थापाले बताए ।

भिडियाेमा हेर्नुहाेस् संसदमा गगनकाे सम्बाेधन-

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x