०३ साउन २०८३, आइतबार

पहिलो पटक शुक्रवार शेयरको कारोबार, १५ प्रतिशतले घट्यो बजार

पहिलो पटक शुक्रवार शेयरको कारोबार, १५ प्रतिशतले घट्यो बजार

शेयर बजारमा पहिलो पटक शुक्रबार पनि कारोबार शुरू हुन थालेको छ ।

सरकारले सातामा २ दिन विदा दिने निर्णय लागू भएसँगै शुक्रवार शेयरको कारोवार हुन थालेको हो ।

अब हरेक साता शुक्रवार शेयरको कारोबार भएर आइतवार भने बन्द हुने भएको छ ।

शुक्रवारको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १५.८२ अंकले घटेको छ ।

नेप्से परिसूचक शुक्रबार ०.७० अंकले घटेर २२ सय ३५ विन्दूमा झरेको छ ।

शुक्रवार २२३ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयरको कारोवार भएको छ । यसबाट जम्मा ९३ करोड रुपैयाँको मात्रै शेयर कारोवार भएको छ ।

शुक्रवार भएको कारोबारबाट सामुदायिक लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्थासहितले अधिकतम २.७३ प्रतिशतले कमाएका छन् । 

बजार घटेको दिन तेह्रथुम पावर कम्पनी, प्रभु लाइफ, लुम्बिनी जनरल इन्स्योरेन्ससहितका कम्पनीले भने ४.९४ प्रतिशतसम्मले गुमाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्