२८ असार २०८३, आइतबार
स्थानीय तह निर्वाचन

भरतपुरको ८९ हजार ४०९ मत गणना, विजयलाई भन्दा रेनुलाई ७ हजार ३ सय बढी मत

भरतपुरको ८९ हजार ४०९ मत गणना, विजयलाई भन्दा रेनुलाई ७ हजार ३ सय बढी मत

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ७ हजारभन्दा बढी मतको अग्रता कायम गरेकी छन् ।

हालसम्म ८९ हजार ४०८ मत गणना हुँदा दाहालले ३५ हजार ४९ मतसहित अग्रता कायमै राखेकी छन् ।

दाहाल सत्ता गठबन्धनको तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवार बनेकी थिइन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् । 

दाहालले सुवेदीसँग ७ हजार ३८८ मतको अग्रता कायम राखेकी छन् ।

यस्तै मेयर पदका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८२३ मत ल्याएका छन् । 

महानगरको उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १५ हजार ३९० मतको अग्रता कायम राखेका छन् ।

जारी मतगणनामा अधिकारीले ३७ हजार २७३ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले २१ हजार ८८३ मत ल्याएकी छन् । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अझै जारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्