१० साउन २०८३, आइतबार

मतपत्र हराएको भन्दै विवाद भएपछि पोखराको मतगणना स्थगित

मतपत्र हराएको भन्दै विवाद भएपछि पोखराको मतगणना स्थगित
पोखरा-१८ मा ३ भोटले विजयी भएको भनिएका कांग्रेसका उम्मेदवार । सो वडाको मतगणनामा विवाद भएपछि अहिले मतगणना स्थगित गरिएको छ ।

पोखरा महानगरमा मत गणनाका क्रममा मुचुल्का अनुरुपको मतपत्र संख्या नपुगेको भन्दै  विवाद भएको छ । 

विवाद भएपछि अहिले मतगणना स्थगित गरिएको छ । 

बाँकी रहेका ३ वटा वडाको मतगणना हुँदै गर्दा स्थगित भएको हो । 

भर्खरै मतगणना सम्पन्न भएको पोखरा वडा नं. १८ मा ३ भोटले विजयी भएको भन्दै कांग्रेसको अबीर जात्रा चलिरहँदा एमालेले भने मुचुल्का अनुरूप मतपत्र संख्या नभएको भन्दै अन्तिम मतपरिणाममा हस्ताक्षर गरेको छैन । 

यसअघि वडा नं. ३१ मा पनि मुचुल्का अनुरुपको मतपत्र संख्या अपुग भएको थियो । 

यी वडामा पुनः मत गणना वा पुनः मतदान गर्न नेकपा एमाले पोखरा महानगर कमिटीले आग्रह गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन हालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्