×

NMB BANK
NIC ASIA

खेलाडीका कुरा

ब्याडमिन्टनका ‘नेपाल नम्बर १’ दीपेश– त्यो निराशादेखि यो सफलतासम्म

जेठ ११, २०७९

NTC
Premier Steels

कञ्चनपुरमा जन्मिएका दीपेश धामी घरको कान्छो सन्तान हुन् । उनका बुवा असाध्यै खेलप्रेमी रहेछन् ।

Muktinath Bank

दीपेशका बुवाले जहिल्यै पनि खेल क्षेत्रमा लाग्न  उनलाई प्रेरित गरिरहन्थे । पहिला त उनलाई फूटबल खेल्ने रहर रहेछ तर टोलमा दाइ, छिमेकीसँग ब्याडमिन्टन खेल्ने क्रममा मलाई सबैले तिम्रो ‘स्माश’ राम्रो छ भन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसै क्रममा उनी एक दिन ब्याडमिन्टन प्रशिक्षक जयनकुमार श्रेष्ठको नजरमा परे । उनको खेल राम्रो देखेपछि प्रशिक्षक जयनकुमार श्रेष्ठले उनलाई प्रोफेसनल तबरले ब्याडमिन्टनमा लाग्न प्रस्ताव गरे । बुवाले पनि तुरुन्तै उनलाई यो खेलमा अगाडि बढ्न प्रेरित गरिहाले ।


Advertisment
Nabil box
Kumari

त्यसपछि दीपेशको दिनचर्या ब्याडमिन्टन तालिममा शुरू भयो । बिहान ६–८ बजेसम्म ब्याडमिन्टन तालिम अनि स्कूल फेरि साँझ ५–७ बजेसम्म तालिम । यसरी दैनिक तालिका शुरू भयो र एसएलसीसम्मै यो क्रम चलिरह्यो ।

Vianet communication

यसबीचमा दीपेशले विभिन्न घरेलु खेलमा खेल्ने अवसर प्राप्त गरे । उनी खेलहरूमा कहिले पहिलो त कहिले दोस्रो भइरहन्थे । यो क्रम वर्षौं चलिरह्यो । सबैको राम्रो सपोर्ट रह्यो ।

उनी भन्छन्, ‘ब्याडमिन्टनमा लाग्न विशेष भूमिका प्रशिक्षक जयनकुमार श्रेष्ठ गुरुको पनि हो ।’ त्यसपछि प्रशिक्षक श्रेष्ठ नेपालगञ्ज फर्के अनि प्रशिक्षक सुदीप योञ्जनको आगमन भयो । 

तालिमकै दौरान दीपेशले चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १७ वर्षमुनिको खेलमा पहिलो राउन्डमा नै कास्कीका भूगोल गुरुङसँग हार व्यहोर्नुपर्‍यो तर त्यस खेलेमा जितेका सिनियर खेलाडीलाई अरुले दिएको मान–सम्मान देख्दा उनी प्रभावित भए ।

‘सिनियर खेलाडीलाई अरुले दिएको मान सम्मान देख्दा अझै राम्रो गर्नुपर्छ भन्ने भित्रबाट प्रेरणा आयो,’ दीपेशले खुशी हुँदै भने । लगत्तै ४ महिनापछि काठमाडौंमा भएको नेपाल प्रहरीको खुला प्रतियोगितामा फेरि खेल्ने अवसर पाएर उनी फाइनलसम्म पुगे । खेलमा क्वार्टरफाइनलमा विकास श्रेष्ठलाई पराजित गरे उनले । जसले गर्दा उनी हौसिए र सबैको नजरमा परे । 

त्यसपछि सबैले उनलाई थप तालिमका लागि बाहिर जान हौसला दिन थाले । त्यसपछि उनको परिवार राम्रो तालिम गर्ने ठाउँको खोजीमा लाग्यो ।

एसएलसीपछि उनी थप तालिमका लागि भन्दै परिवारकै पहलमा भारतको हैदरावाद पुगे । त्यहाँ उनको महिनाको ४० हजार खर्च हुन्थ्यो । त्यो सबै खर्च परिवारले नै व्यहोर्थ्यो । करीब डेढ वर्ष तालिम गरेर फर्किंदा परिवारले करीब ७ लाख खर्च गरेको उनले लोकान्तरसँगको कुराकानीमा बताए ।

स्कूलदेखि प्लस टूसम्म जति पनि ब्याडमिन्टन खेलमा खर्च भयो, त्यो खर्च सबै परिवारले मात्र व्यहोरेको उनले बताए ।

‘सरकारीस्तरमा कहीँकतैबाट पनि सहयोग प्राप्त भएन,’ उनले गुनासो पोखे । तर पनि उनले हिम्मत हारेनन्, खेल यात्रा जारी राखे ।

यसरी शुरू भयो उनको राष्ट्रिय खेल यात्रा 

भारतको हैदराबादबाट नेपाल आएलगत्तै सन् २०१२ मा भएको पाँचौं धनगढी बृहत् राष्ट्रिय खेलमा उनले खेल्ने अवसर प्राप्त गरे । त्यसमा उनी एकल पुरुषतर्फ फाइनलसम्म पुगे । फाइनलमा उनी तिनै विकास श्रेष्ठसँग पराजित भए, जसले उनलाई नेपाल प्रहरीको खुला प्रतियोगिताको क्वार्टरफाइनलमा पराजित गरेका थिए ।

फाइनलमा पराजित भएको घटनाले निकै दुःखी बनाएको दीपेशले निन्याउरो हुँदै बताए तर पनि विभिन्न कर्पोरेट खेलहरूमा उनले लगातार जीत हासिल गरिरहे । यसले अगाडि बढ्न थप प्रेरणा मिलिरहेको उनले सम्झिए । त्यसपछि २०१३ मा युथ ओलम्पिक प्रतियोगिता खेल्न चीन जाने पहिलो नेपाली खेलाडीको रूपमा दीपेशले अवसर पाए । त्यहाँ प्रतियोगिताको तेस्रो राउन्डमा हङकङसँग पराजित हुन पुगे उनी । 

यसरी उनी लगातार छैठौं र सातौं राष्ट्रिय खेलको फाइनलमा पुगेर हार्थे । ‘अरु सबै कर्पोरेट खुला प्रतियोगिताहरूमा जित्दा समेत राष्ट्रिय खेलमा भने हार्दा विरक्त लाग्ने गरेको थियो,’ उनी भन्छन्, ‘राष्ट्रिय प्रतियोगिता नजित्दा मनमा तनाव महसूस हुन्थ्यो ।’

त्यसपछि विरक्त लागेर रोकिएको पढाइलाई अगाडि बढाउने योजना बनाएर उनी कञ्चनपुरबाट उपत्यका भित्रिए । काठमाडौं आएपछि भने करीब २ वर्षसम्म उनले कसैबाट सहयोग पाएनन् । उनले भने, ‘यता बस्दा आर्थिक अभावले सताउँदा सबै सपोर्ट घरपरिवारबाट मात्र भयो । सरकारी तवरबाट कुनै वास्ता नै भएन ।’

पढाइसँगै खेल पनि चलिरहेका बेला उनी फेरि खेल क्षेत्रमै सक्रिय हुने भए । सन् २०१८ मा दाङमा भएको आठौं बृहत् राष्ट्रिय खेलको सिंगल र मिक्स डबल दुवै प्रतियोगितामा उनी राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन हुन सफल भए । त्यसपछि उनी सशस्त्र प्रहरी बल (एपीएफ) का आईजीपी शैलेन्द्र खनालको नजरमा परे र एपीएफमा आवद्ध भए ।

‘एपीएफले अहिले धेरै सहयोग गरेको छ, म धेरै खुशी छु यो संस्थामा आबद्ध भएर,’ उनले भने, ‘खेलाडीलाई यदि एपीएफ, पुलिस, आर्मी जस्ता संस्थाले नलिने हो भने हाम्रो देशमा धेरै कम खेलाडी उत्पादन हुन्थे । किनभने आर्थिक रूपले खेलाडीलाई बाँच्नै मुस्किल छ । मलाई त परिवारबाट राम्रो सपोर्ट थियो र पो म निरन्तर यस क्षेत्रमा अगाडि बढ्न सकें ।’

सन् २०१९ मा चितवनमा भएको पहिलो प्रधानमन्त्री कप पनि उनले जिते । सन् २०२१ मा भरतपुरमा भएको राष्ट्रिय खुला प्रतियोगितामा पुरुष सिंगलतर्फ जीत हासिल प्राप्त गर्न सफल भए उनी । त्यसपछि सन् २०२२ मा रंगशालामा भएको दोस्रो प्रधानमन्त्री कपमा उनी आर्मीका नविन श्रेष्ठसँग सेमिफाइनलमा पराजित हुन पुगे । ‘त्यो समय मेरो घुँडामा ठूलो चोट लागेर म घाइते भएको थिएँ, त्यो नै मेरो हारको प्रमुख कारण थियो,’ उनले भने । 

हाल नेपाल ब्याडमिन्टन संघले जारी गरेको नयाँ वरीयतामा उनी पहिलो स्थानमा पुगेका छन् । खेलाडी रत्नजीत तामाङले ८ वर्षसम्म प्राप्त गरेको पहिलो वरियतामा आफूलाई पाउनु दीपेशका लागि गर्वको कुरा हो । ‘२ वर्षअघि पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बने जत्तिकै खुशी वरीयतामा पहिलो स्थानमा पुगेपछि पाएको छु,’ दीपेशले खुशी हुँदै भने, ‘विकास दाइलाई हराएपछि शुरू भएको मेरो खेल यात्राले अहिले थप ऊर्जा मिलेको छ ।’ 

नयाँ पिँढीलाई यस्तो छ दीपेशको सुझाव

खेल क्षेत्रमा मेहनत गरेर आए धेरै अगाडि बढ्न सकिने उनको तर्क छ तर पढाइ भने नछाडी निरन्तरता दिनुपर्ने र पढाइले खेलाडीलाई अगाडि बढ्न अझै मद्दत मिल्ने उनको दावी छ तर अझै पनि खेलाडीको पारिवारिक सपोर्ट राम्रो नहुने हो भने खेल क्षेत्रमा निरन्तर लाग्न कठिन रहेको उनको तर्क छ ।

‘पारिवारिक सपोर्ट राम्रो हुँदा मात्र खेलाडीलाई सजिलो छ,’ उनले निराश हुँदै लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x