×

NMB BANK
NIC ASIA

आगामी आवकाे बजेट

आशालाग्दो बजेट : यस्ता छन् प्राथमिकता

जेठ १५, २०७९

NTC
Premier Steels

सरकारले आसन्न प्रदेश र प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर सबैलाई सन्तुष्ट पार्ने प्रयास सहित आगामी आर्थिक वर्षको लागि बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संविधानको धारा–१९९ अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित आय र व्ययको अनुमान सहितको बजेट वक्तव्य संघीय संसदको संयुक्त सदनमा पेश गरेका हुन् । 

Muktinath Bank

कर्मचारीको तलब बढाउने, आय करको सीमा र करको दायरा बढाउने, निजी क्षेत्रलाई सन्तुष्ट हुने गरी माग सम्बोधन गर्ने लगायतका आकर्षक कार्यक्रम बजेटमा समेटिएको छ । इन्टरनेटको शूल्क घटाउने, स्थानीय सरकारमार्फत एक परिवारलाई एउटा विद्युतीय चुल्हो दिने कार्यक्रम सरकारले ल्याएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कुल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएका छन् । कुल विनियोजनमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात ४२ प्रतिशत बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी, पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात २१.२ प्रतिशत विनियोजन गरेको उनले बताए । 

Vianet communication

वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत विनियोजन भएको छ । 

त्यसैगरी, प्रदेश तथा स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत रहेको शर्माले बताए । 

आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोततर्फ राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र बैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुने अर्थमन्त्रीले बताए । 

उक्त न्यून हुने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने र राजश्व परिचालन, वैदेशिक अनुदान र ऋण परिचालन गर्दा नपुग हुने २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट बेहोर्ने अर्थमन्त्रीले बताएका छन् ।

६८ वर्षमै वृद्ध भत्ता

सरकारले आगामी आर्थिक वर्षबाट ६८ वर्ष उमेरबाटै वृद्ध भत्ता उपलब्ध गराउने भएको छ । यसअघि ७० वर्ष पुगेपछि मात्रै वृद्ध भत्ता पाइने व्यवस्था थियो । 

यसअघिको सरकारले वृद्ध भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ दिने व्यवस्था गरेको थियो ।

तलब १५ प्रतिशत बढ्यो 

सरकारले निजामति कर्मचारी, सेना, प्रहरीदेखि शिक्षकसम्मको तलब १५ प्रतिशतले बढाउने घोषणा गरेको छ । उनीहरुले पाउँदै आएको महङ्गी भत्तालाई पनि निरन्तरता दिइएको छ । 

शिक्षामा ७० अर्ब ५ करोड

सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गर्ने बजेटमा उल्लेख गरेको छ । 

मेडिकल शिक्षाका लागि विदेशी विद्यार्थीको आकर्षण बढाउन मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने नीति लिएको उनले बताए ।

सरकारले प्रधानमन्त्रीको जिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने कार्यक्रम पनि बजेटमा ल्याएको छ । 

कृषि उत्पादन र केन्द्रीत बजेट

संसदमा प्रस्तुत भएको बजेटमा अर्थमन्त्री स्वदेशमा उत्पादन बढाउने योजनालाई प्राथमिकता दिएका छन् । 

कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षमा धान, मकै, गहुँ लगायतका कृषि उत्पादनको आयात ३० प्रतिशतले घटाउने योजना बजेटमा समेटेका छन् । कृषि क्षेत्रको सुधार र विकासको लागि कार्यक्रम सञ्चालन गर्ने, उखु किसानलाई उखु क्रसिङ भएकै वर्ष रकम भुक्तानी गर्ने, नश्ल सुधार गर्ने, उखु किसानलाई अनुदान दिने लगायतका कार्यक्रम बजेटमा समावेश गरेका छन् । 

सरकारले आयात प्रतिस्थापन र निर्यात बृद्धिमा प्राथमिकता दिने घोषणा गरेको छ । व्यापार पूर्वाधारको प्रवद्र्धन, उच्च निर्यातको सम्भावना भएका बस्तुमा निर्यातका लागि ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ ।

औद्योगिक पूर्वाधार विकासमा ३ अर्ब ७९ करोड 

औद्योगिक पूर्वाधार विकासको लागि आगामी आर्थिक वर्षमा ३ अर्ब ७९ करोड खर्च गरिने गरी बजेटमा कार्यक्रम आएको छ । 

बुटवल र भैरहवाको  विशेष आर्थिक क्षेत्र पूर्ण रुपमा सञ्चालन गरिने, आगामी आर्थिक वर्षमा पाँचखालमा विशेष आर्थिक क्षेत्र निर्माण गरिसक्ने कार्यक्रम बजेटमा समावेश गरेका छन् । त्यसैगरी, धौवादी फलाम खानी सञ्चालनमा ल्याउने, अन्य खानी प्राथमिकताका साथ सञ्चालन गरिने कार्यक्रम बजेटमा उल्लेख भएका छन् ।

विदेशीलाई अपार्टमेन्ट

१०० भन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशीलाई विदेशी मुद्रामा विक्री गर्न सक्ने गरी कानून संशोधन गरिने व्यवस्था बजेटमा उल्लेख भएको छ । निजी क्षेत्रले लामो समयदेखि विदेशीलाई अपार्टमेन्ट विक्री गर्ने व्यवस्था हुनुपर्ने माग गर्दै आएको थियो । बजेटमा यस्तो व्यवस्था भएपछि निजी क्षेत्रले पनि खुशी व्यक्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विदेशीलाई अपार्टमेन्ट विक्री गर्न पाउने व्यवस्था गर्ने कुरा बजेटमा आउनु सकरात्मक भएको बताए । 

पूर्वाधार विकासमा ध्यान

सडक, रेल, विमानस्थल लगायतको पूर्वाधार विकासका योजना बजेटमा समेटिएका छन् । 

सरकारले रेल र मेट्रो रेल बनाउन ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले सगरमाथाको आधार शिविरसम्म सजिलै पुग्न सकिने गरी द्रुत मार्ग बनाउने प्रस्ताव अघि सारेको छ । सुनसरीको चतरादेखि सगरमाथासम्म द्रुतमार्ग विकास गर्ने र दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्न सकिने व्यवस्था गर्ने योजना शर्माले बजेटमा ल्याएका छन् ।

त्यसैगरी, काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने गरी फास्ट ट्रयाक बनाइने योजना पनि बजेटमा समेटिएको छ । काठमाडौंको चन्द्रागिरीबाट चित्लाङ, पालुङ हुँदै चितवनसम्म पुग्ने द्रुतमार्ग बनाउने अर्थमन्त्रीले बताए । 

काठमाडौं तराई मधेश द्रुत मार्ग निर्माण गर्नका लागि ३० अर्ब ७ करोड रुपैयाँ बिनियोजन भएको छ । 

मिर्गौला प्रत्यारोपण निःशूल्क

आगामी आर्थिक वर्षबाट मिर्गौला रोगका विरामीले निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्ने अर्थमन्त्रीले बताएका छन् । त्यसबाहेक, मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक ५ हजार उपचार खर्च उपलब्ध हुने व्यवस्था बजेटमा आएको छ । 

सरकारले आगामी आर्थिक वर्षबाट मिर्गौला प्रत्यारोपन गरेका तथा डाइलासिस गराइरहेका व्यक्तिहरुलाई औषधि उपचार खर्चका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ । अघिल्लो सरकारले यस्ता विरामीलाई उपचार खर्च दिने व्यवस्था गरेको थियो । 

त्यसैगरी, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका विरामीलाई पनि औधषी उपचार खर्च स्वरुप मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने अर्थमन्त्री शर्माले जानकारी दिए । 

उनले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै यस्ता विरामीलाई औषधी उपचार खर्च उपलब्ध गराउनको लागि १ अर्ब ५० करोड विनियोजन गरेको बताएका छन् । 

हेटौडाबाट उत्पादित कपडा सरकारी पोसाक 

बन्द रहेका सार्वजनिक संस्थानहरु सरकारले आगामी आर्थिक वर्षमा सञ्चालनको लागि आवश्यक वातावरण बनाउने कार्यक्रम बजेटमा समेटिएको छ । 

शर्माले जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो, वीरगञ्ज चिनी कारखाना, हेटौडा कपडा उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने बताए । 

यी सबै संस्थानहरु लामो समयदेखि बन्द छन् । 

त्यसैगरी, सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुले हेटौडा कपडा उद्योगबाट उत्पादित कपडाको पोसाक लगाउने व्यवस्था मिलाइने उनले बताए । 

कृषि, खाद्यान्न, दुग्ध, औषधीजन्य, यातायात जस्ता क्षेत्रमा सञ्चालित सार्वजनिक संस्थानलाई पुनसंरचना गरी संघ, प्रदेश र स्थानीय तहको स्वामित्व स्थापित गरी सञ्चालन गर्ने व्यवस्था गर्ने अर्थमन्त्री शर्माले बताए ।  

ग्यास विस्थापन, विद्युतीय चुलोलाई प्राथमिकता

स्थानीय तहमार्फत एक परिवारलाई १ विद्युतीय चुल्हो उपलब्ध गराउने घोषणा सरकारले गरेको छ । सरकारले धुवारहित चुल्हो प्रवद्र्धन गर्नेसहितको कार्यक्रम बजेटमा ल्याइएको छ । त्यसैगरी, आगामी आर्थिक वर्षबाटै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारबाट एलपी ग्यास विस्थापन गर्ने र विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने कार्यक्रम पनि बजेटमा उल्लेख भएको छ । 

सहरी गरिबलाई अपार्टमेन्ट

सरकारले सहरी क्षेत्रका गरिबलाई आपर्टमेन्ट उपलब्ध गराउने योजना ल्याएको । आगामी आर्थिक वर्षको बजेटमार्फत यो व्यवस्था गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताए । 

पेट्रोलियम पदार्थको मूल्य घटाइने

अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका छन् । संसदमा बजेट प्रस्तुत गरिसकेपछि अर्थमन्त्रीले बजेट वक्तव्य भन्दा बाहिरबाट आफ्नो अभिव्यक्ति राख्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन् । 

यसअघि विभिन्न परियोजनाको लागि भन्दै पेट्रोलियम पदार्थमा थपिएको कर बजेटमा निरन्तरता दिइएको छैन । त्यसले पनि पेट्रोलिय पदार्थको मूल्यवृद्धि घटाउन सहयोग गर्ने छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x