×

NIC ASIA

प्रतिनिधि सभा : यस्ता छन् आज पेश गरिने विषयहरू

जेठ २०, २०७९

Prabhu Bank
NTC
Premier Steels

शुक्रवार संघीय संसदका दुवै सदनको छुट्टाछुट्टै बैठक बस्दै छ । 

Muktinath Bank

जसअन्तर्गत प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान ११ बजे बस्ने प्रतिनिधि बैठकमा विभिन्न प्रस्तावहरू पेश हुँदैछन् । 


Advertisment
Nabil box
Kumari

नेकपा एमालेका प्रमुख सचेतक एवम् सांसद विशाल भट्टराईले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नेछन् । 

Vianet communication

पछिल्लो समय बढ्दो महँगी तथा पेट्रोलियम पदार्थको मूल्य र खाना पकाउन प्रयोग गरिने एलपी ग्यासको मूल्यवृद्धि लगायतका विषयमा संसदमा सांसद भट्टराईले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न लागेका हुन् । 

सांसद यज्ञराज सुनुवार, गणेश कुमार पहाडी र राजेन्द्र प्रसाद लिङदेनले उक्त प्रस्तावको समर्थन गर्ने संघीय संसदको सचिवालयले जनाएको छ । 

यस्तै सोही बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

यस्तै अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७९ प्रस्तुत गर्नेछन् । 

उनले  राष्ट्र ऋण उठाउने विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति सहित संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

यस्तै ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ लाई पनि मन्त्री शर्माले प्रस्तुत गर्नेछन् ।

यसैगरी आजको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई संसदमा प्रस्तुत गर्ने सम्भावना छ । 

यसका साथमा फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पनि संसदमा पेश  गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x