साउन २९, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी छिन् । संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरण भएर राष्ट्रपतिकोमा पठाइएका विधेयक फिर्ता गर्ने द...
काठमाडाैं | जेठ २०, २०७९
रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएको १०० दिन पूरा हुँदा यो युद्ध कतै आणविक वा तेस्रो विश्वयुद्धमा परिणत हुने त हैन भनी आशंका व्यक्त गर्न थालिएको छ ।
बाइडन प्रशासनले युक्रेनलाई मध्यम दूरीको रकेट प्रणाली हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम्स (हिमार्स) उपलब्ध गराउने निर्णय लिएपछि रुसले जनाएको कडा प्रतिक्रियालाई विचार गर्दा आणविक वा तेस्रो विश्वयुद्धको आशंका जन्मेको हो । हेलिकप्टर, जेभलिन एन्टी ट्यांक हतियार प्रणाली, ट्याक्टिकल वाहन, स्पेयर पार्ट्स तथा अन्य हतियार सहित हिमार्स पनि अमेरिकाले युक्रेनलाई उपलब्ध गराउन खोजेको हो ।
पढ्नुहोस् यो पनि :
युक्रेनी युद्धभूमिमा रुसीहरूमाथि सटीक निशाना लगाउनका लागि उक्त हतियार दिइएको र रुसी भूमिमा आक्रमण गर्न उक्त हतियारको उपयोग गर्न नपाउने शर्त युक्रेनले मान्नुपर्ने अमेरिकाको भनाइ छ । तर युक्रेनले अमेरिकाको शर्त नमानिकन आफ्नो भूमिमा आक्रमण गर्न सक्ने जोखिम रहेको भन्दै रुसले ती खतरनाक हतियारहरू युक्रेनमा ल्याउन नदिने र ल्याइएमा त्यसको परिणाम राम्रो नहुने बताएको छ ।
बुधवार (जुन १ मा) रुसी सञ्चारमाध्यम आरटीमा छापिएको खबरअनुसार, वाशिङटनले युक्रेनलाई भारी हतियार उपलब्ध गराएमा अमेरिका र रुसको प्रत्यक्ष भिडन्त हुने जोखिम बढ्ने रुसका परराष्ट्र राज्यमन्त्री सर्गे र्याबकोभले बताए । यस्तो सम्भावना आउन नदिने भनी अमेरिकाले जतिसुकै बयान दिए पनि भिडन्तलाई टार्न नसकिने उनको भनाइ छ ।
अमेरिकाले उपलब्ध गराएको हिमार्स हतियार प्रणालीले युक्रेनी भूमिबाट रुसी भूमिमा आक्रमण गरेमा रुसले यस युद्धमा अमेरिका पनि शत्रुपक्ष हो भन्ने औपचारिक धारणा बनाउनेछ ।
त्यसो त युक्रेनलाई लगातार हतियार उपलब्ध गराएर अमेरिका यस (प्रोक्सी) युद्धमा संलग्न भएकै हो । तर पछिल्लो हतियार प्रणाली युक्रेन पुग्नु चाहिँ रुसका लागि घोर आपत्तिजनक स्थिति हो र उसले अमेरिकाविरुद्ध पनि आक्रमण गर्न हिचकिचाउने छैन । त्यो भनेको तेस्रो विश्वयुद्धको आरम्भविन्दु हो ।
हुन त अमेरिकी हतियार प्रणाली रुसी भूमिमाथि आक्रमण गर्नका लागि प्रयोग हुनेछैन भनी युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले प्रत्याभूति दिन खोजेका छन् । अमेरिकी सञ्चारमाध्यम न्युम्याक्ससँगको अन्तर्वार्तामा जेलेन्स्कीले आफूहरू रुसमाथि आक्रमणको योजना नबनाइरहेको र युद्ध रुसी भूमिमा नभइरहेको बताए ।
त्यस्तै जेलेन्स्कीका सल्लाहकार अलेक्सी आरेस्टोविचले युक्रेनको सेभेरोडोनेत्स्क र इज्युममा हिमार्स रकेट प्रणालीको उपयोग हुने अनि रुसी भूमिमा आक्रमण गर्ने आवश्यकता अहिले नरहेको भनी रुसी मानवअधिकारकर्मी मार्क फेगिनसँगको अन्तर्वार्तामा बताए । युक्रेनी भूमिमा रुसी सैनिकहरूको अग्रतालाई रोक्ने उद्देश्य मात्र लिइएको उनको भनाइ छ ।
तर यस हतियारको उपयोगका विषयमा जेलेन्स्कीलाई कुनै हालतमा विश्वास गर्न नसकिने रुसी अधिकारीहरू बताउँछन् । आरटीमा प्रकाशित सामग्रीमा उल्लेख गरिएअनुसार, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो बोलीमा अडिग नरहने युक्रेन सरकारको चरित्र रहेको बताए ।
जेलेन्स्कीले आफ्नो छोटो राजनीतिक करीयरमा लगातार वाचाहरू तोडेको दाबी पेस्कोभले गरे । राष्ट्रपति निर्वाचन अभियानदेखि दक्षिणपूर्वी युक्रेनमा चलेको युद्ध अन्त्य गर्ने विषयसम्म जेलेन्स्कीले कुनै पनि आश्वासन पूरा नगरेको पेस्कोभको भनाइ छ ।
अमेरिकाले रुसको आपत्तिका बावजूद हिमार्स हतियार प्रणाली पठाउने अड्डी कसेपछि पेस्कोभले आगोमा घ्यू थप्ने काम अमेरिकाले गरिरहेको आरोप लगाए । यी हतियारले युक्रेन सरकारलाई शान्तिवार्ता पुनः शुरू गर्नका लागि प्रोत्साहित नगर्ने उनको भनाइ छ ।
अमेरिकाले ती हतियारहरू जबर्जस्ती युक्रेन पठाएमा आणविक युद्ध शुरू हुन सक्ने चेतावनी पनि रुसले दिएको छ । चेतावनी दिएको मात्र नभई रुसका आणविक बलहरूले मस्कोभन्दा उत्तरपूर्वमा रहेको इभानोभो प्रान्तमा अभ्यास थालेको जानकारी रुसको रक्षा मन्त्रालयले दिएको छ । लगभग एक हजार सैनिकहरूले १०० भन्दा बढी क्षेप्यास्त्र प्रक्षेपकहरूका साथ अभ्यास गरिरहेको इन्टरफ्याक्स समाचार संस्थाले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै खबर दिएको छ ।
रुसले यसरी आणविक हतियारको अभ्यास शुरू गरेपछि अब यो युद्ध कुन दिशामा जाने हो भन्ने अन्योल उत्पन्न भएको छ । युक्रेनमा अमेरिकाले कुन उद्देश्य पूरा गर्न खोजेको हो भन्ने कुराले युद्धको दिशा निर्धारण गर्नेछ ।
जे भए पनि अमेरिकाले आफूलाई भित्तैमा पुर्याउन खोजेको अनुभव गरेमा रुसले आणविक हतियार प्रहार गर्न नहिचकिचाउने अवस्था आउनेछ । आफ्नो अस्तित्व नै धरापमा परेको रुसले ठानेमा त्यसको निवारणका लागि आणविक हतियारको उपयोग उसका लागि अवाञ्छित रहनेछैन । त्यसै पनि युक्रेनमा अमेरिकाको बढ्दो चलखेलले आफूलाई अस्तित्वगत संकटमा पारेको भनेर नै रुसले युक्रेनमाथि आक्रमण गरेको हो ।
रुसले आणविक हतियार उपयोग गर्न सक्ने सम्भावनालाई अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक विलियम बर्न्सले पनि औंल्याएका छन् । रुसले सीमित दायरामा क्षति गर्ने ट्याक्टिकल आणविक हतियार वा लो यील्ड आणविक हतियार प्रहार गर्न सक्ने जोखिमलाई आफूहरूले हलुका रूपमा लिन नहुने उनको भनाइ छ ।
हुन पनि युक्रेनमा विकसित भइरहेका घटनाक्रमले अमेरिका र रुसबीचको आणविक निवारण सम्बन्ध (एकअर्काविरुद्ध आणविक हतियार उपयोग नगर्ने एक किसिमको सहमति) ले दिएको रणनीतिक स्थिरतालाई हल्लाउन थालेका छन् ।
युक्रेन युद्ध टुंगोमा पुग्ने कुनै सम्भावना नदेखिएकाले यस्तो स्थिति आएको हो । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले शत्रुपक्षले आत्मसमर्पण नगरुन्जेल चलिरहने लामो युद्ध अर्थात् वार अफ अट्रिसनका लागि युक्रेनका साझेदारहरू तयार रहनुपर्ने चेतावनी दिएका छन् ।
यस्तो अवस्थामा अमेरिका वा रुसको धैर्य अन्त्य भएमा आणविक हतियारको उपयोगलाई नकार्न नसकिने हुन सक्छ । विगतको शीतयुद्धमा अमेरिका र तत्कालीन सोभियत संघबीच रहेको आणविक युद्धको त्रास यसरी पुनः दोहोरिन थालेको छ ।
अझै पनि रुसले आणविक हतियार प्रयोग गर्न सक्ने सम्भावना न्यून छ (अमेरिकालाई हतियार निर्यातबाट निरुत्साहित पार्नका लागि मात्र आणविक बलहरूले अभ्यास गरेका हुन सक्छन्) । तर युक्रेनमा पश्चिमको हस्तक्षेपलाई रुसले बिजुलीको गतिमा प्रतिक्रिया जनाउने भनी पुटिनले दिएको बयानलाई यहाँ विचार गर्नुपर्ने हुन्छ ।
पश्चिमले युक्रेनलाई अहिलेसम्म दिँदै आएको हतियार सहयोग रुसका लागि सानातिना उत्तेजना भए पनि हिमार्स हतियार प्रणाली चाहिँ रुसले कोरेको लक्ष्मणरेखाको उल्लंघन बराबर हो । त्यसले युद्धको स्तरलाई एक कदम माथि उठाएर अकल्पनीय आणविक युद्धको परिस्थिति निर्माण गरेको निष्कर्ष रुसले निकालेको देखिन्छ । त्यस्तो स्थितिलाई रोक्न रुसले आणविक हतियार उपयोग गर्न सकिने सन्देश दिन खोजेको हो ।
सोभियत संघको पतनपछि परम्परागत सैन्यशक्ति कमजोर बनेको अवस्थामा अमेरिकाले आफूलाई सिध्याइदेला भन्ने डरले गर्दा रुसले आणविक हतियारको प्रथम उपयोग गर्न सकिने नीति अपनाएको तथ्य स्मरणीय छ । उता अमेरिकाले स्पष्ट रूपमा आणविक हतियारको प्रथम प्रयोग नगर्ने (नो फस्र्ट युज) नीति नलिएको तथ्यलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफ्नो अभीष्टप्राप्तिका लागि अमेरिका र रुस दुवैले आणविक हतियारको सीमित उपयोग गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
पढ्नुहोस् यो पनि :
त्यसो त युक्रेनमा भइरहेको द्वन्द्व आणविक युद्धको सँघारमा पुग्नुलाई विश्वव्यापी रूपमा थर्मोन्युक्लीयर युद्ध हुन लागेको भन्ने अर्थ लगाउन नमिल्ने अमेरिकी थिंकट्यांक कार्नेगी इन्डाउमेन्ट अफ इन्टरनेसनल पीसमा अमेरिकन स्टेटक्राफ्ट प्रोग्रामका निर्देशक क्रिस्टोफर एस चिभ्भिस द गार्डियन पत्रिकामा लेख्छन् । तर रुसले युक्रेनमा रहेको विशिष्ट सैन्य ‘टार्गेट’लाई लक्षित गरी ट्याक्टिकल आणविक हतियार प्रहार गर्न सक्ने उनको भनाइ छ ।
पश्चिमलाई युक्रेनबाट पछि हट्नका लागि तर्साउने उद्देश्यले रुसले यस्तो किसिमको आणविक हतियार उपयोग गर्न सक्छ ।
रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले हिमार्स हतियार उपयोग गरिएमा रुसी सेनाले युक्रेनका निर्णायक केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको तथ्य यहाँ सान्दर्भिक छ । ती निर्णायक केन्द्रहरू युक्रेनभित्र नरहेको भनी उनले अमेरिकातर्फ संकेत गरेका छन् ।
हिमार्स हतियारले रुसको लक्ष्मणरेखा नाघ्ने हुनाले रुसले प्रतिकारका लागि अमेरिकाविरुद्ध आणविक हतियार उपयोग गर्न सक्ने खतरनाक संकेत मेदभेदेभको बयानमा पाइन्छ ।
सय दिन पुगेको युक्रेन युद्ध जति लम्बिँदै जान्छ, विनाशक आणविक हतियारको उपयोगको जोखिम पनि उत्तिकै बढ्दै जान्छ । त्यसैले कूटनीतिक उपाय लगाएर युद्ध अन्त्य गर्नका लागि पहल हुन जरूरी छ ।
तर अमेरिका र रुसबीच रहेको अविश्वासको खाडल दिनदिनै झन् गहिरिँदै गएकाले युद्धको तत्कालै कूटनीतिक समाधान निस्कने सम्भावना देखिँदैन । यसले गर्दा विश्व आणविक युद्धको अवाञ्छित युगमा प्रवेश गर्ने खतरालाई नकार्न नसकिने स्थिति आएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी छिन् । संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरण भएर राष्ट्रपतिकोमा पठाइएका विधेयक फिर्ता गर्ने द...
दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक शीतल निवासमा अझै अध्ययनकै क्रममा छ । सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट साउन ६ र ...
प्रतिनिधिसभा चुनावको मिति घोषणा भएपछि सरकारका मन्त्रीहरूको ध्यान सिंहदरबारभन्दा निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेको छ । जागिर धान्न सिंहदरबार गएपनि मन्त्रीहरू बिहान बेलुका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् ...
नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल बनेको १ वर्ष पनि नबित्दै नेकपा एकीकृत समाजवादीभित्र गुट उपगुटको छिनाझप्टी उत्कर्षमा पुगेको छ । एमालेभन्दा ठूलो दल हुने भनेर गत वर्षको भदौ ९ गते निर्वाचन आयोगबाट ए...
आज (१४ अगस्ट) मा स्वतन्त्रता दिवस मनाइरहेको पाकिस्तान भूरणनीतिक अवस्थितिका कारण उच्च महत्त्वको मुलुक हो । भूरणनीतिक अवस्थितिको लाभ पाकिस्तानका अभिजात वर्गले उठाएको भए पनि सर्वसाधारणसम्म त्यसको प्रतिफल पुग्...
राष्ट्रपतिले नागरिकता विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । संसदीय समितिमा छलफल भएर संसद्मा आइपुगेको विधेयक फिर्ता लिएर सरकारले नयाँ नागरिकता व...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...