×

NMB BANK
NIC ASIA

भीम रावलको जिल्लाबाट गैरसांसदलाई नेकपा एसले मन्त्री बनाउँदै

जेठ २२, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिश गरेको छ । 

Muktinath Bank

तनहुँमा कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा अछामका कुँवरलाई मन्त्री बनाउन लागिएको हो । आइतवार बसेको नेकपा (एस)को सचिवालय बैठकले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री बन्न लागेका मेटमणि चौधरी, भवानी खापुङ र जीवनराम श्रेष्ठ प्रतिनिधि सभा सदस्य हुन् । श्रममन्त्रीमा सिफारिश भएका कुँवर गत फागुन २१ सम्म राष्ट्रिय सभाको सदस्य थिए । 


Advertisment
Nabil box
Kumari

संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ । सांसद नरहेका गोविन्द बन्दी कोइराला पनि नेकपा (एस)बाटै कानूनमन्त्री बनेका छन् । 

Vianet communication

मन्त्रीमा सिफारिश अछामका कुँवर नेकपा (एस)का सुदुरपश्चिम कमिटीका उपाध्यक्ष र केन्द्रीय सदस्य छन् । एसले उनलाई अछामबाट चुनाव लडाउने गृहकार्य गरेको छ । अछामबाट एमाले नेता भीम रावल चुनाव लड्दै आएका छन् । 

२०६४ सालमा प्रतिनिधि सभा चुनावमा कुँवर अछामको क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । त्यो बेला रावल समानुपातिकबाट संविधान सभा सदस्य बनेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x