×

NMB BANK
NIC ASIA

प्रदेश १ः पाँचौं वर्षमा बल्ल प्रदेश समन्वय परिषद् सदस्यहरू मनोनीत

जेठ २४, २०७९

NTC
Premier Steels

मुख्यमन्त्री राजेन्द्र राईले १४ जना स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रदेश समन्वय परिषद्मा मनोनीत गरेका छन् ।

Muktinath Bank

परिषद्मा विराटनगर महानगरपालिका (मोरङ)का प्रमुख नागेश कोइराला, सूर्योदय नगरपालिका (इलाम) प्रमुख रनबहादुर राई, ऐसेंलुखर्क गाउँपालिका (खोटाङ) अध्यक्ष गिरेन्द्रबहादुर राई, साल्पासिलिछो गाउँपालिका (भोजपुर) अध्यक्ष दौलथकुमार कलुङ राई, खिजिदेम्बा गाउँपालिका (ओखलढुंगा) अध्यक्ष गम्बु शेर्पा, उदयपुरगढी गाउँपालिका (उदयपुर) अध्यक्ष मानबहादुर केप्छाकी मगरलाई मनोनीत गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै इटहरी उपमहानगरपालिका (सुनसरी) उपप्रमुख संगीताकुमारी चौधरी, छथर जोरपाटी गाउँपालिका (धनकुटा) उपाध्यक्ष गीता गुरुङ, फाल्गुनन्द गाउँपालिका (पाँचथर) उपाध्यक्ष सविता राई र मेरिङदेन गाउँपालिका (ताप्लेजुङ) उपाध्यक्ष दुर्गाप्रसाद श्रेङ चङवाङ सदस्य मनोनीत भएका हुन् । 


Advertisment
Nabil box
Kumari

परिषद्मा हरेक जिल्लाबाट एक जना हुने गरी स्थानीय तहका प्रमुख वा उपप्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्वसहित १४ जना सदस्य मुख्यमन्त्रीले मनोनीत गर्ने कानूनी प्रावधान छ । 

Vianet communication

परिषद्मा आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानून मन्त्री पदेन सदस्य रहने प्रावधान छ ।

मनोनीत गर्दा एक स्वतन्त्रबाट जितेका जनप्रतिनिधिलाई पनि मनोनित गरिएको छ । 

भोजपुरका अध्यक्ष दौलथकुमार कलुङ राई स्वतन्त्रबाट जितेका हुन् । मनोनीत भएकामध्ये १ स्वतन्त्र दुई एमालेका छन् भने अन्य गठबन्धनका रहेका छन् । 

प्रदेश १ को मंगलवार बसेको प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । 

नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ । 

यसअघि भने परिषदमा १४ जना मनोनीत गर्ने व्यवस्था भए पनि मनोनीत गरिएको थिएन । 

सबै पालिकाका प्रमुख उपप्रमुखलाई प्रदेश समन्वय परिषदमा सहभागी गराउने गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x